अल जजीराका बरिष्ठ पत्रकार जर्मनीमा पक्राउ

अल जजीराका बरिष्ठ पत्रकार जर्मनीमा पक्राउ परेका छन् ।
इजिप्टका लागि अरबी सेवामा कार्यरत अहमद मंसुर जर्मनीको बर्लिन बाट कतार जाने क्रममा पक्राउ परेका हुन् ।
उनलाई इजिप्ट सकारको आदेशमा पक्राउ गरिएको  छ ।
इजिप्टको अदालतले अहमद मंसुर बिरुद्ध यातनाको आरोपमा १५ बर्षको जेल सजाँय सुनाएकाृे थियो ।
यता अल जजीराले भने अहमद मंसुरको को पक्राउप्रति खेद प्रकट गरेको छ ।
अहमद मंसुरसंग बेलायत र इजिप्टको दोहोरो नागरिकता भएको र उनको चरित्र सही भएको र सच्चा पत्रकार भएकाले उनको पक्राउको कारण प्रष्ट पार्दै रिहाईका्े माग गरेको छ ।
पक्राउ परेका अहमदलाई भने जर्मनीको बिमानस्थलको हिरासतमा राखिएको छ । एजेन्सी