अर्घाखाँचीमा विद्युत आपुर्तीमा अनियमितता, बारम्बार बिजुली काटिदा सबैलाई सास्ती

वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची –  दिनहुँ जसो विद्युत अवरोले जिल्लावासीले हैरानी खेप्दै आएका छन । विद्युत आउने जानेको कुनै टुंगो छैन । यसबाट उद्योगधन्दा देखी उपभोक्ता समेतले सास्ती खेपेका छन । विद्युत आफुर्तीमा अनियमितताले समस्या भएको छ ।
 


विद्युत् प्राधिकरण सन्धिखर्क ।
 


प्युठानको झिमरुक जलविद्युत परियोजनाबाट उत्पादित विद्युत अर्घाखाँची, प्युठान र रोल्पामा वितरण भएको छ । विद्युत अवरोध हुदा उद्योगी, व्यापारी मारमा परेको उवासंघका महासचिव नेत्रप्रसाद भुसालले बताए । विजुलीको भरै छैन झवाप्प आउछ अनि जान्छ विद्युतबाट हुने काममा धेरै असर परेको उनले बताए । जिल्लामा रहेका साना उद्योग धरापमा छन । कामै गर्न नपाएपछि उद्योगमा कार्यरत कामदारलाई तलवै खुवाउन मुस्किल परेको उद्योगीको गुनासो छ । कहिले दिनभर त कहिले रातभर विजुली हुदैन । 
गर्मीले रातभर सुत्न मुस्किल हुन्छ । दिनभर छिनछिनमा जाने आउने गर्दा कम्प्युटर, टिभी बिग्रने गरेका छन । स्थानीय रेडियो पनि मारमा छन । दैनिक काममा अवरोध सृजना भएको छ । विद्युतको भर नहुदा हरेक काम गर्न अप्ठयारो परेको पशुपति पाउरोटी उद्योगका सञ्चालक योगेन्द्र खड्काले बताए ।  विद्युत प्राधिकरणका कर्मचारी र प्राविधिकको लाप्रवाहीका कारण विद्युत अवरोध भैरहेको उपभोक्ताको गुनासो छ ।
 विजुलीको भर नहुनुको कारण के हो त ? विद्युत प्राधिकरण प्रमुख पवन कुमार शाहले भने, उत्पादन गृहबाट आउदैन बिग्रिरहन्छ  । उत्पादन गृहबाट सन्धिखर्क सवस्टेशनसम्मको ३० किलोमिटर दुरीको बीच बीचभागमा धेरैजसो बिग्रिरहन्छ । कारण पोल काठका छन । ढल्ने समस्या छ । जंगलको बीचबाट तार टागिएको छ । रुख ढलेर पोल र तारमा ढोक्किएपछि विद्युत अवरोध हुने उनले बताए । हावाहुरी लाग्दा रुखले तारमा छोईदिदा विजुली जाने उनले बताए ।
 विद्युत नहुँदा सदरमुकाम सन्धिखर्कमा खानेपानीको हाहाकार मच्चिएको छ । वागी खोलाबाट लिफट् प्राविधिबाट खोलाको पानी डाडोमा तानेर सिंगो सदरमुकामवासीलाई वितरण गरिदै आएका छ । लाइन नहुदा पानी तान्न संभव छैन । यसबाट नुहाउन, कपडा धुन र पिउन समेत सर्वसाधारणलाई समस्या परेको छ । लिफट् प्राविधिमा लाइन आए मात्र पानी नान्न संभव छ । खानेपानी उपभोक्ता समितिले जेनेरेटरको व्यवस्था गर्न सकेको छैन । 

अन्य समाचारहरु