इस्लामिक आतंकवादी समूह आइएसले सिरियामा १२ जनाको शीर छेदन गरी हत्या गरेको भिडियो सार्वजनिक गरेको छ ।
इस्लामिक चरमपन्थी संगठनको विरोधी रहेको आरोपमा उनीहरुको शीर छेदन गरिएको आइएसले जनाएको छ ।
शीर छेदन गरिएकाहरु अधिकांश साउदी अरब समर्थित जैस अल इस्लामका सदस्य रहेको खुलासा भएको छ । हालै जारी गरिएको भिडियोमा १२ जना रंगीबिरंगी कपडामा देखिएका छन् ।
आइएसले जारी गरेको भिडियोका कारण सिरियाका जेहादी संगठनबीचमा संघर्ष हुने निश्चित रहेको सिरियाली सरकारले जनाएको छ ।
यसअभि आइएसले १६ जनाको शीर छेदन गरेको भिडियो सार्वजनिक गरेको थियो । सिरियामा अझै पनि सयौं नागरिक आइएसको कब्जामा छन् । (एजेन्सी)