अर्घाखाँचीमा दलीय मिलेमतोमा योजनैपिच्छे अनियमितता

वीरेन्द्र केसी



सन्धिखर्क, अर्घाखाँची ।  विकास निर्माणका सबै योजनामा दलका नेता र कर्मचारीको मिलेमतोमा अनियमितता भएको आरोप लागेको छ । यसैका कारण कुनैपनि योजनाको आधाभन्दा धेरै बजेट अनियमितता हुने दावी छ । 

 



 

सुचनाको हकको लागि नागरिक सञ्जाल अर्घाखाँचीले गरेको छलफलमा नागरिक समाजका अगुवाहरुले यस्तो दावी गरे । सरकारी र गैससका प्रत्येक विकास योजना देखि सबै कार्यक्रममा बजेट दुरुपयोग भएकै छ, बारका उपाध्यक्ष अधिवक्ता जगन्नाथ भुसालले भने, जिल्ला देखी गाउँ सम्म दलीय सञ्जाल छ उपभोक्ता समितिमा पनि तिनै छ कर्मचारी र नेताको मिलेमतोमा योजनामा छुट्याईएको आधा भन्दा धेरै रकम अनियमितता भएको छ ।



बजेट दुरुपयोग भएकैले ग्राभेल गरेको सडक एक वर्ष नबित्दै उक्किने, बाटो भत्किने, योजनाको काम टालटुले हुने गर्छन । जिल्लाबाट छुटिएको बजेट गाउँको योजनासम्म पुग्दा चुहिदै जान्छ, उनले भने  कार्यालयबाट सुचना दिन आलटाल गर्नु यसैको उदाहरण हो । सुचनाको हक प्रयोग गरेर सबै कार्यालयबाट विकास योजना देखि कार्यालय खर्च विवरण मागेर बिनियोजित बजेट अनुसार काम भयो कि भएन भनेर नागरिकले खोजी नगरेसम्म भष्टचार नरोकिने उनले दावी गरे । नागरिक समाजका सहगोगी विसीले सबै कुनै न कुनै पाटीमा आवद्ध छन । आफनै नेताले गरेको अनियमितताको कुरो उठाउदा पाटीबाट कारवाही हुने डरले तै चुप मै चुप भई बस्ने गरेको बताए । अर्घाखाँचीको सन्द्रभमा राम्रो काम गर्ने, भष्टचार अनियमितताको बारेमा आवाज उठाउने व्यक्तिलाई राजनीति देखि हरेक क्षेत्रबाट एक्लो बनाउने परम्परा रहिआएको उनले दावी गरे । न जागिर न पेशा व्यावसाय केहि नहुने दलका नेताले कसरी लाखौको सम्पत्ती आर्जन गर्छन कर्मचारी कार्यालय प्रमुख करोडौको घर सम्पत्ती कसरी कमाउछन खोजी गर्नु जरुरी छ उनले भने ।

 



 

सबै योजनामा छुटिएरको बजेट अनुसार काम भएको छैन । जनता यो देशका मालिक हुन कर्मचारी नेता सेवक हुन, किनकी जन्मेदेखी मृत्युसम्म नागरिकले कर तिरेको हुन्छ यसैबाट देश चलेको छ, सञ्जालका संयोजक मुक्तिनाथ भुसालले भने, विकास बजेटमा भ्रष्टचार गर्न पाईदैन । अनियमितता ढाकछोप गर्न कार्यालयले आफुले खर्च गरेको विवरण दिन भरसक मान्दैनन सुचना दिदैनन । उनले गाउँपिच्छेका सबै नागरिकलाई सुचनाको हकको बारेमा सचेत गराउने अभियानमा लागेको बताए । कसैको आर्थिक सहयोग विना आफु यसमा लागि परेको बताए ।



 विकासका ठुला योजना देखि गाउँमा तालिम, मकै, मुलासागको बिउ वितरणसम्म कमिसनको खेल चल्ने भुसालले दावी गरे । सुचनाको हक भनेको के हो बल्ल थाहा भयो, किम्डाँडाका अगुवा कृषक गणेश बञ्जाडेले भने,  अब अनियमितता रोक्न अभियानमा लाग्छौ ।



सुचनाको हक सम्बन्धी ऐनमा सरकारी र गैसस देखि राजनीतिक दल र सार्वजनिक निकायले सुचना लुकाउन नपाईने नागरिकले मागे अनुसारको सुचना दिनुपर्ने उल्लेख छ । नागरिक समाजका पशुपति ढकाल र  के एल शर्माले मिलेमतोमा हुने भष्टचार रोक्न नागरिक उठनुपर्ने बेला आएको बताए । उनले अधिकांश योजनामा भ्रष्टचार भएको दावी गरे । विद्यार्थी वैज्ञानिक भुसालले सुचनाको हकलाई गाउतहका नागरिकलाई बुझाउनुपर्ने बताए । कार्यक्रममा उपस्थित सबैजासो सहभागिले योजनामा छुटिएको बजेट अनुसारको ५० प्रतिशत पनि काम नभएको दावी गरे । कार्यक्रममा उवासंघका महासचिव नेत्रप्रसाद भुसाल, विद्यार्थी दिनृश भुसाल, एमाले जिल्ला सचिवालय सदस्य रामचन्द्र पोखरेल, राष्टिय जनमोर्चाका जिल्ला सचिव पशुपति ढकाल, पत्रकार महासंघका केन्द्रिय प्रतिनिधि वीरेन्द्र केसी, रेडियो सुर्याेदयकी पत्रकार अमृता भुसाल लगायतले सुचनाको हकको बारेमा बोलेका थिए । 



कार्यक्रममा ५० जनाको उस्थितिमा संयोजक मुक्तिनाथ भुसालले सुचनाको हक र नागरिकको अधिकार, महत्व र प्रयोग सम्बन्धमा करिब दुई घण्टा डकुमेन्ट्री सहित दिएको प्रशिक्षण कार्यक्रमको सञ्चालन शिव बेल्वासेले गरेका थिए । 

अन्य समाचारहरु