शान्ती सुरक्षाको बारेमा अन्तरक्रिया तथा सुरक्षा निकायका प्रमुखहरुको स्वागत कार्यक्रम सन्धिखर्कमा सम्पन्न

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची १४ असार । उद्योग बाणिज्य संघ अर्घाखाँचीको आयोजनामा जिल्लाको शान्ती सुरक्षाको बारेमा अन्तरक्रिया कार्यक्रम तथा सुरक्षा निकायका प्रमुखहरुको स्वागत कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । 
कार्यक्रममा जिल्लाका ब्यापारी तथा बैकका प्रमुखहरुले शान्ती सुरक्षाको बारेमा जानकार गराएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी नायब उपरिक्षक कमलराज खरेल,अनुसन्धान कार्यलयका प्रमुख ताराबहादुर कुवर लाइ उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले दोसल्ला ओढाएर स्वागत तथा अभिनन्दन गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी नायब उपरिक्षक कमलराज खरेल लगायतले मन्तब्य राख्दै जिल्लाको शान्ती सुरक्षालाइ मजबुद बनाउन लागि पर्ने बताएका छन । 
कार्यक्रम उद्योग बाणिजय संघका जिल्ला अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता, महासचिब नेत्रप्रसाद भुसालको सञ्चालन र बरिष्ठ उपाध्यक्ष अशोक श्रेष्ठको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो । 

अन्य समाचारहरु