भुवन के.सी.
सन्धिखर्क, अर्घाखाँची । जेष्ठ नागरिक समाज नेपाल अर्घाखाँची जिल्ला कार्य समितिको आयोजना र महिला तथा बालबालिका कार्यालयको आर्थिक सहयोगमा जेष्ठ नागरिक सम्वन्धि एकदिवशिय गोष्ठी समाजका अध्यक्ष बुद्धि बहादुर रायमाझीको अध्यक्षतामा सम्पन्न भएको छ ।
सो गोष्ठीमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडयालको प्रमुख आतिथ्यता, समाजका उपसचिव लिला ढुगांनाको सन्चालन र नगरसमितिका सचिव तामलाल पाण्डेको स्वागत मन्तव्य रहेको थियो ।
अधिवक्ता द्धय जगन्नाथ भुसाल र टिकाराम भुसालले जेष्ठ नागरिकहरुका हक हित सम्वन्धमा अन्तराष्टिय क्षेत्रमा भएका प्रयासहरु र नेपालको ऐन कानुनमा रहेका प्रावधानहरुलाई समावेश गरेर दुई वटा अलग अलग कार्यपत्रहरु प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र माथि टिप्पणी गर्दै सो गोष्ठीका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडयालले आफनो कार्यकालमा जिल्ला प्रशासन कार्यलयबाट जेष्ठ नागरिकहरुको हक हित संरक्षण गर्न कार्यमा आफु कटिबद्ध रहने आश्वासन दिनुभयो । जिल्ला विकास समिति अर्घाखाँचीका योजना अधिकृत निरज पौडयालले जि.वि.स. जेष्ठ नागरिकहरुको सरोकारवाला निकाय रहेकोले उनीहरुको हकहित संरक्षण आफनो कार्यालयबाट हुने र सरकारी निति नियम अनुसार जेष्ठ नागरिकहरुको हकहितमा प्रतिवद्ध रहने विचार व्यक्त गर्नुभयो ।
अर्घाखाँची जिल्ला अस्पतालका प्रमुख डा.जगन्नाथ तिवारीले कार्यपत्र माथि विचार राख्दै जेष्ठ नागरिकहरुलाई अस्पतालबाट प्राप्त हुने औषधी र उपचार सुविधाबारे जानकारी गराउनुभयो, त्यसैगरि जिल्ला आयुर्वेदिक सेवा केन्द्रका डा. प्रमुख पुष्पराज पौडेलले बृदावस्थामा योग र आयुर्वेदिक औषधीको औचित्यबारे स्पष्ट पार्नुभएको थियो । महिला विकास अधिकृत विष्णु कुमारी लामिछानेले सान्र्दभिक गोष्ठी आयोजना गरेकोमा आयोजक संस्थाको प्रशंसा गर्दै कार्यालयबाट जेष्ठ नागरिकहरुलाई निर्देशिका बमोजिमका सुविधाहरु उपलव्ध भैरहेको बताउनुभयो । अन्य अतिथिहरुमा प्रहरी नायव उपरीक्षक कमल खरेल, सन्धिर्खक नगरपालिकाका प्रतिनिधि नारायण पोख्रेल तथा पतञ्जली योग समितिका अध्यक्ष केएल शर्मा रहनुभएको थियो ।
सन्धिर्खक नगरपालिका भित्रका जेष्ठ नागरिकहरुलाई लक्षित गरि आयोजित सो गोष्ठीमा एकसय बत्तिस जना महिला तथा पुरुष जेष्ठ नागरिकहरुको उपस्थितिमा सम्पन्न सो गोष्ठीको विषयवस्तु अत्यन्तै सान्र्दभिक रहेको सहभागिहरुले प्रतिक्रिया व्यक्त गरेका छन । सहभागिहरुले आफुहरुलाई जेष्ठ नागरिकहरुको परिचय पत्र प्राप्त हुनुपर्ने र सो पत्रको आधारमा सार्वजानिक यातायातका साधनहरुमा यात्रा गर्दा र सरकारी स्वास्थ्य सस्थाहरुमा उपचार गराउदा कानुन अनुसार पचास प्रतिशत छुट पाउनुपर्ने माग पनि राखेका थिए ।
जेष्ठ नागरिक समाज, नेपाल जिल्ला कार्यसमितिले महिला तथा बालबालिका कार्यलयको आर्थिक सहयोगमा अर्घाखाँचीका चारवटा मा.विका कक्षा १० का छात्रछात्राहरुको विचमा अन्तरपुस्ता सिप हस्तान्तरण सम्वन्धि प्रशिक्षण कक्षा, चार गाविसमा बृदावस्थामा लाग्ने रोगहरुको रोकथामको लागी योगअभ्यास र आयुर्वेदिक औषधीको उपयोगिता सम्वन्धमा स्वास्थ्य विज्ञहरुबाट जेष्ठ नागरिकहरु विच सचेतना कक्षा सन्चालन गरेको छ त्यसैगरि जिल्लाका पाँच गाविसहरुमा जेष्ठ नागरिकहरुका स्याहारकर्ताहरु र जेष्ठ नागरिकहरु विच अन्र्तक्रिया कार्यक्रम पनि सन्चालन गरेको छ ।
आगामी दिनहरुमा पनि जेष्ठ नागरिक समाज नेपाल जिल्ला समिति अर्घाखाँचीले स्थानिय निकायहरुको सहयोगमा यस्ता सम्मान तथा सचेतनामुलक कार्यक्रमहरु सन्चालन गरेर जेष्ठ नागरिकहरुलाई सेवा प्रदान गर्ने योजना रहेको सो समाजका अध्यक्ष बुद्धि बहादुर रायमाझीले बताउनुभयो ।