आधा शताब्दी लामो समय शीतयुद्धमा रहेका अमेरिका र क्यूवा बीचको सम्बन्ध सुधार, दूताबास खोलिने

आधा शताब्दी लामो समय शीतयुद्धमा रहेका दुई अमेरिकी मुलुक अमेरिका र क्यूबाले सम्बन्ध सुधारका क्रममा दुबै मुलुकमा बन्द रहेका आ-आफ्ना दूतावास खोलेर अर्को फड्को मार्ने भएका छन् ।
अमेरिकी राष्ट्रपति बराक ओबामा र विदेशमन्त्री जोन केरीले बुधबार नै क्यूबाको राजधानी हवानामा दूतावास खोल्ने घोषणा गर्नसक्ने बताइएको छ ।
यसैगरी क्युवाले पनि अमेरिकामा आफ्नो दूतावास खोल्ने घोषणा गर्नसक्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
गत वर्ष क्यूबालाई अलग्गै राख्ने वर्षौं पुरानो अमेरिकी नीति बदल्ने घोषणासँगै ओबामाले दुई देशबीच कुटनीतिक सम्बन्ध पुनर्बहालीका थुप्रै प्रयास गर्दै आएका छन् ।
क्यूबालाई अलग बनाउने ५० वर्ष पहिलाको नीति समय सान्दर्भिक नरहेको भन्दै ओबामाले दुई देशबीच यात्रा,ब्यापार र सूचनामा बढावा दिने घोषणा गरेका थिए ।
कुटनीतिक सम्बन्ध विस्तारकै क्रममा यसै वर्षको अप्रिलमा राष्ट्रपति ओबामा र क्यूबाका राष्ट्रपति राउल क्यात्रोबीच भेटवार्ता भएको थियो ।
दुई दिन पहिले मात्र अमेरिकी सांसदको एक टोली क्यूबा भ्रमण गरि फर्किएका छन् । यसैबीच अमेरिकाले क्यूबामाथि लगाएको प्रतिबन्ध पनि हटाएको छ ।
सम्बन्ध सुधारकै क्रममा अमेरिकाले केही समय अगाडि क्यूवालाई आतंकवादीलाई सघाउने मुलुकको सूचीबाट हटाउने घोषणा गरेको थियो । -एजेन्सी