ग्रीसका प्रधानमन्त्रीद्धारा ब्ल्याकमेललाई अस्विकार गर्ने पक्षमा मत दिन आम जनतालाई अपिल

ग्रीसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले आइतबार हुने जनमत संग्रहमा अन्तर्राष्ट्रिय ऋणदाताले गरिरहेको ब्ल्याकमेललाई अस्विकार गर्ने पक्षमा मत दिन आम जनतालाई अपिल गरेका छन् ।
ऋणदाताका शर्त अस्वीकार गर्दैमा यूरोपेली संघबाट आफ्नो सदस्यता कसैले खोस्न नसक्ने दावी पनि उनले गरे ।
अन्तर्राष्ट्रिय ऋणदाताको शर्त स्विकार्ने या नस्विकार्ने भन्नेमा ग्रीसले आइतबार जनमत संग्रह गर्दैछ ।
यूरोपेली संघका नेताहरुले भने शर्त नस्विकार्ने हो भने ग्रीस यूरोजानेबाट बाहिरिनुपर्ने चेतावनी दिइरहेका छन् ।
गम्भिर आर्थिक संकटमा फसेको ग्रीस दाताहरुको ऋण चुकाउन नसक्दा टाट पल्टने अवस्थामा पुगेको छ ।
दाताको शर्त नस्विकार्ने हो भने ग्रीसको स्थिति झनै कमजोर बन्ने यूरोपिय संघका अध्यक्ष ज्या क्लाँड युंकरले बताएका छन् ।
जुन ३० मा अन्तर्राष्ट्रिय मुद्रा कोषको डेढ अर्बभन्दा बढी डलर तिर्न नसकेपछि ग्रीस खराबी ऋणीहरुको सूचीमा परिसकेको छ ।
यता, जनमत संग्रहको पक्ष र विपक्षमा राजधानी एथेन्सदेखि ठूला शहरमा हजारौं हजारको र्‍याली गरिएका छन् । – एजेन्सी