धारापानी गाबिसको नागरिक सचेतना केन्द्रका २५ जना सदस्यहरुलाई बाख्रा वितरण (तस्बिर सहित )

धारापानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको धारापानी गाबिस स्थित नागरिक सचेतना केन्द्रमा आवद्ध २५ जना सदस्यहरुलाई २-२ वटा दरले बाख्रा वितरण गरिएको छ ।  उनिहरुको जिविकोपार्जन सुधारका लागि बाख्रा वितरण गरिएको हो । 

 



 

प्रकाश सचेतना समुहको माग अनुसार एलजीसीडीपी अन्तर्गत जिबिस अर्घाखाँचीबाट ३ लाख १५ हजार सहयोग भएको थियो । यसको सहजिकरण प्रकाश सचेतना समुहले गरेको छ । 

 



 

बाख्रा वितरण कार्यक्रममा गाबिस सचिव तुल्सी प्रकाश गिरीको अध्यक्ष, प्रकाश सचेतना समुहका सचिव प्रेम नारायण गैरेको प्रमुख प्रमुख आतिथ्यतामा गरिएको थियो। कार्यक्रम सामाजिक परिचालक हरि बहादुर के.सीको संचालन भएको थियो । 

 



 

कार्यक्रममा स्थानिय राजनितिक दलका प्रतिनिधिको समेत उपस्थिती रहेको थियो ।   उनीहरुले  सिप विकास र क्षमता विकासको सम्बन्धमा धारणा राखेका थिए ।

 


अन्य समाचारहरु