सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डट्कम) । धान रोपाई हुने प्रमुख महिना असार गुजि्रसक्दा अर्घाखाँचीभरिमा धान खेती हुने क्षेत्र मध्ये भर्खर अनुमानित ४५ प्रतिशत भागमा मात्र रोपाई सकिएको छ । बर्षातमा भर पर्नु पर्ने भएकाले, समयमा मनसुन सुरु नहुँदा पनि अर्घाखाँचीमा यो अवस्था देखिएको हो ।
सन्धिखर्कको फुडवाङ-लाटागोडामा ।
अर्घाखाँचीमा धान खेती हुने ८ हजार १ सय ८९ हेक्टर क्षेत्रफलमध्ये अहिलेसम्म अनुमानित त्यसको ४५ % जग्गामा मात्र धानको रोपाइ सकिएको छ ।
जिल्लाका रोपाई गरिसकेका सन्धिखर्कको व्रिती, खाचिकोटका फुडवाङ, बटुवाफाट-गच्छेखोला, बागी लगायत सबै गाबिसहरुका केही भागहरुमा रातदिन पालो बाडेर खेतमा पानी लगाउने समेत गरेका देखिन्छन ।
खास गरेर अर्घाखाँचीमा गत वर्ष २०७१ बाहेक अगाडिका वर्षतिरको तथ्याङ्क हेर्ने हो भने यो समयसम्ममा त लगभग शतप्रतिशत नै रोपाई सकिईसकेको हुन्थ्यो । जबकि यसवर्ष अर्घाखाँचीमा ४५ प्रतिशत मात्रै धान रोपाई हुनसकेको छ ।
नेपालमा कृषिको कुल गाह्रस्र्थ उत्पादनमध्ये धान बालीको योगदान २० प्रतिशत छ ।
रोपाई सुरु भएता पनि खेताला पाउन समस्या
रोपाइँ धमाधम हुने बेला । पानी पर्याप्त नपर्नुलगायत कारणले खेत रोपिएन । खनजोत गरी तयार पार्ने अनि रोपाइँका लागि गर्नुपर्ने काममा आवश्यक जनशक्ति नहुँदा बर्सेनि खेतीको क्षेत्रफल घट्दै गएको छ ।
अर्घाखाँचीमा ।
अर्घाखाँचीका कयौ खोलाको छेउछाउ र पानीको सुविधा भएका क्षेत्रमा रोपाई सुरु भएता पनि खेताला पाउन समस्या भएको छ । युवाहरु शहर र विदेश जाने क्रम बढेकाले धेरै श्रमशक्ति चाहिने रोपाईंमा किसानहरु समस्यामा परेका छन् । खेत रोप्न अहिले अधिकांस बालबालिका, महिला र बृद्धाहरु मात्र जुटेका छन् ।
खेताला पाउन मुश्किल भएपछि ज्याला पनि बढेको छ । पुरुषको ज्याला ३ सय ५० देखि ५ सय र महिलाको ज्याला २ सय ५० देखि ४ सय रुपैयाँसम्म छ । अर्घाखाँचीमा ३, ४ वर्षदेखि खेताला पाउन समस्या हुन थालेको हो ।
सनाई र दमाह बजाएर रोपाइं गर्ने प्रचलनलाई निरन्तरता
अर्घाखाँचीका विभिन्न स्थानमा सनाई र दमाह बजाएर रोपाइं गर्ने प्रचलनलाई किसानहरुले निरनतरता दिएका छन् ।
सन्धिखर्कमा ।
आफ्नो वर्षौदेखि चलि आएको परम्परालाई जोगाई राख्न यस बर्ष पनि जिल्लाका कृषकहरुले बाजागाजाका साथमा असारे गीत गाउंदै रोपाइं गरेका छन् ।
पहिले जिल्लाको अधिकांश ठाउँमा सनाइ र दमाहका साथ रमाइलो गरेर रोपाँइ गर्ने चलन ब्यापक भए पनि अहिले भने विस्तारै सुस्ताउंदै गएको छ ।