पहिरोको उच्च जोखिममा हंसपुरको रखाले गाउँ, पाँच परिवार रातभर जाग्राम

वीरेन्द्र केसी



अर्घाखाँची, हंसपुर  । गाउँ घर माथिको पहिरोले वस्ती नै सखाप पार्ने खतराले गाउँले त्रसित छन । पाँच घरपरिवार रातभर जाग्राम बस्ने गरेका छन । पश्चिम हंसपुर स्थित रखाले गाउँ पहिरोको उच्च जोखिममा छ । 

 



 

सबै जमिन ध्वजा जस्तै चर्किएको छ । घर देखि माथिको भिर चर्किएको छ, गाउँका अगुवा शिक्षक विष्णु मिश्रले भने, १६ घर उच्च जोखिममा छन । गाउँ माथि सडक छ । सडक माथिबाट करिब डेढ सय मिटर लम्बाईमा जमिन फाटेको छ । पुरै जमिन चिरै चिरा भएको छ । त्यो खस्यो भने वस्ती नै सखाप पार्छ । दस दिन देखि पाँच जना परिवार राती घर बस्दैनन । साँझ पर्ना साथ घर छाडेर छिमेकीको शरणमा जान्छौ, उनले भने, दिउसोमा घरमा पालिएका भैसी बाख्रा, गाई गोरुलाई घाँस पानी खुवाउन आउने गर्छौ तर रातिमा टिमुरे टोलको छिमेकीको घरमा बस्छौ । राती लाईटले घर हेर्छौ । बेला बेलामा पहिरो गयो कि भनेर मध्य रातमा हेर्न पनि आउन्छौ । थोरै भाग पहिरो खसेर दुईचार वटा ढुंगा घर आगनसम्म पुगेपछि बस्न डर लागेको उनले बताए । खासै पानी परेको छैन । सानो पानीले पहिरो गयो अझै ठुलौ वर्षा हुँदा त अहिले चिरैचिरा भएको जमिन त रहदैन, उनले भने । 

 



 

अहिले  उनका पाँच, गोपिलाल बंञ्जाडेका पाँच, कृष्ण मिश्रका पाँच, नविन मिश्रका तीन, सुमित्रा बञ्जाडेका छ र विष्णु बस्नेतका चार जना परिवार रातिमा घरमा बस्दैनन् । वाकी ११ घरका ६० घरपरिवारले रातिमा घर नछाडेपनि त्रसित छन ।  अविरल वर्षा परेको बेला दिउसो पनि घर छाडने गर्छन । बेलुका छिटो छिटो खाना पकाएर खाएपछि साँझ नपर्दै घर छाडेर छिमेकीकोमा जाने बञ्जाडेको बताईन । पहिरोले पुरै वस्ती नै सखाप पार्ने त्रास छ । दिउसोमा पनि बसेर खाना खान, गाई भैसीलाई घाँस पनि सुवाउन डर लाग्छ । गाईभैसी र बाख्रालाई गोठमा छाडेका छन । पुस्तौदेखि बस्दै आएको वस्तीमा यस्तो दुःख परेको थिएन । गोलाकार ठुला ढुंगा मिसिएको जमिन छ । घरमाथि पहिले देखि एककोहोरो गाडी हिडने सडक छदा पहिरो गएको थिएन ।

 


 

सालझण्डी ढोरपाटन सडक डिभिजनले डबल कटिङ गर्न डोजर, स्काभेर भ्याकु प्रयोग गरेर छागो जस्तो बनाएर छाडेकाले पहाडनै खसी ठुलो पहिरोको उच्च जोखिममा छ । पथ्थर जस्तै ढुगा सहितको छागो सहितको पहाड वर्षाका कारण चिरै चिरा भएर चर्किएकाले त्रास बनाएको मिश्रले बताए । जोखिम भएकाले बैकल्पिक ठाउँ खोजेर बस्ती नै सानुपर्छ त्यसको लागि सडक डिभिजन, प्रशासनमा जानकारी गराईको उनले बताए । 

अन्य समाचारहरु