धनचौरमा विषालु च्याउ खाँदा चार बालिका सिकिस्त बिरामी

 धनचौर

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको धनचौर गाविसमा विषालु च्याउ खाँदा शनिबार चार बालिका सिकिस्त बिरामी परेका छन् ।
घर नजिकको जङ्गलबाट ल्याएको विषालु च्याउ खाँदा धनचौर गाविस वडा नं १ निवासी ५  वर्षीया सुस्मिता जिसी, ८ वर्षीया अस्मिता जिसी, ६ वर्षीया युवा जिसी र ८ वर्षीया गीता जिसी  सिकिस्त बिरामी परेका हुन् । 
प्रहरीका अनुसार जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि सबै बालिकालाई थप उपचारका लागि बुटवलको अञ्चल अस्पतालमा पठाइएको छ । 
धनचौर

अन्य समाचारहरु