अफगानिस्तानको पूर्वी खोष्ट प्रान्तस्थित क्याम्प चापमान नजिकको सैन्य चेकपोस्टमा आत्मघाती कार बम विस्फोट हुँदा कम्तिमा ३३ जनाको मृत्यु भएको छ ।
अमेरिकाको गुप्तचर निकाय (सीआइए)ले प्रयोग गरिरहेको चेकपोस्टमा भएको घटनामा मारिनेमा धेरै जसो महिला र बालबालिका छन् ।
चेक पोइन्टमा जाँचका लागि बसिरहेकाहरु आक्रमणमा परेका थिए । आक्रमणमा अमेरिकी नेतृत्वको गठबन्धन सेनातर्फ भने कुनै क्षति भएको छैन ।
आक्रमणको जिम्मेवारी कसैले नलिए पनि तालिबानले गत अप्रिलयता आक्रामक गतिविधि तीव्र पारेकाले पछिल्लो आक्रमणमा उसैको संलग्नता रहेको अनुमान गरिएको छ । (एजेन्सी)