उमाकान्त पाण्डे /यूएई , असार २८ – नेपालमा बैशाख १२ गते शनिबार आएको विनासकारी भुकम्पपछि चेपिएर उद्दार गरिएका ऋषि खनाललाई यूएई बाट आर्थिक सहयोग गरिएको छ ।
अर्घाखाँचीबाट यूएईमा आइ रोजगारी गरिरहेका युवाहरुले भूकम्पपछि गठन गरेको अर्घाखाँची राहत कोष मार्फत ३० हजार नेपाली रुपैया सकंलन गरेर खनालको नाममा पैसा पठाएर सहयोग गरेको कोषका सचिव घनश्याम ज्ञवालिलेले जानकारी दिनुभयो ।
अर्घाखाँची डट्कम् मा समाचार प्रकाशन भएको थाहा पाएर आफ्नै जिल्लाको नेपालीको ज्यान जोखिममा भएको भन्दै खनालको उपचारका लागि यहाँ कार्यरत अर्घाखाँची बासी युवाहरुले संकलन गरेको ३० हजार नेपाली रुपैया आइतबार नेपाल पठाइएको कोषका अध्यक्ष रेमबहादुर जीसीले बताउनु भयो ।
‘जीवितै उद्दार गरिएका उहाको अहिले स्वास्थ्यमा थप समस्या आएको र उपचारका लागि आर्थिक समस्या भएको कोषमा जानकारी आएकोले हामीले सक्दो सहयोग सकंलन गरेर पठाएका हौ’ कोषका बिष्णु खनालले भन्नुभयो ।