भारत आन्ध्र प्रदेशमा भइरहेको पुष्कर मेलामा भागदौड मच्चिँदा कम्तिमा २० जनाको मृत्यु

भारत आन्ध्र प्रदेशको ईस्ट गोदावरी जिल्लामा भइरहेको पुष्कर मेलामा भागदौड मच्चिँदा कम्तिमा २० जनाको मृत्यु भएको छ ।
राजमुन्दरीमा भएको घटनामा २० जनाभन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।
केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । १२ दिनसम्म चल्ने मेलामा २ करोड ४० लाख भक्तजनले भाग दिने अनुमान गरिएको छ ।
भक्तजनको एउटा टोली स्नान गरेर फर्किएपछि अर्को टोली नदी जाँदै गर्दा दुर्घटना भएको बताइएको छ । एजेन्सी