अर्घा र धारापानी गाबिसमा अनुगमन कार्यक्रम सम्पन्न

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डट्कम ) । अर्घाखाँची जिल्लाको अर्घा र धारापानी गाबिसमा अनुगमन कार्यक्रम सम्पन्न भएको छ । 

 



धारापानी गाबिसमा ।

 

प्रकाश सचेतन समुह (प्राग) र नेपाल दलित उत्थान संघको सयुक्त आयोजनामा जिल्ला बिकास समिती अर्घाखाँचीको निर्णय अनुसार जिल्ला स्तरिय अनुगमन भएको थियो । 



उक्त अनुगमन कार्यक्रममा एमाओबादीका छमकुमारी खनाल, राजमोबाट झबिलाल थापा, राप्रपाबाट देवी बहादुर खड्का, जिबिसबाट देवी पन्थी, पशु कार्यालयबाट डा. नारायण घिमिरे, प्रत्रकार अर्जुन भुसाल, जितेन्द्र खत्रीका साथै आयोजक संस्थाबाट प्रेमनारायण गैरे र कमल बिकको सहभागिता रहेको थियो । 

 



अर्घा गाबिसमा ।

 

अनुगमन टोलीले अर्घा, किम्डाँडा, नुवाकोट, धारापानी गाबिसमा एनजीओले गरेका कामको अनुगमन गर्ने पुर्व तयारी भए अनुसार प्रागको भागमा परेको धारापानी र नेपाल दलित उत्थान संघको भागमा परेको अर्घा गाबिसका समुहमा अनुगमन गरेको थियो । नुवाकोट गाबिसमा अनुगमन गराउने जिम्मा पाएको लुम्बिनी सामाजिक बिकास केन्द्र (एलएसडीसी) आँफै अनुपस्थित भएकाले उक्त गाबिसमा अनुगमन नगरि जिल्ला स्तरिय अनुगमन टोली फर्किएको थियो । लुम्बिनी सामाजिक बिकास केन्द्रको जिम्मेबार व्यक्ति कोही नगएको कारण नुवाकोट गाबिसमा अनुगमन नै नगरि उक्त टोली फर्किएको थियो । 

 



धारापानी गाबिसमा ।

 

कार्यक्रमको प्रभावकारीता, उपलब्धिता तथा समस्या बारेमा अनुगमन भएको थियो । अनुगमनको क्रममा एलजीसीडीपी र गरिवी निवारण कोष कार्यक्रममा नागरिक सचेतना केन्द्र, वार्ड नागरिक मन्च र सामुदायिक संस्थाहरु सँग छलफल गरिएको थियो ।  

 

अनुगमन कार्यक्रममा  स्थानिय राजनीतिक दल तथा सरकारी कार्यालयका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । 

अन्य समाचारहरु