आर्थिक सहायता प्रदान गर्न युरोजोनले राखेको कडा सर्तसहितको प्रस्ताव ग्रिसको संसद्द्धारा स्वीकृति

आर्थिक सहायता प्रदान गर्न युरोजोनले राखेको कडा सर्तसहितको प्रस्ताव ग्रिसले स्वीकार गरेको छ ।
युरोजोनले प्रस्ताव गरेको सुधारका कार्यक्रम लागू गर्न ग्रिसको संसद्ले स्वीकृति दिएको हो ।
प्रस्तावित सुधार कार्यक्रम लागू गर्ने या नगर्ने विषयमा संसद्मा निकै ठूलो बहस भएको थियो ।
त्यसक्रममा प्रधानमन्त्री एलेक्सिस स्रिपासले युरोजोनको सर्तप्रति आफू सहमत हुन नसके पनि त्यसको विकल्प नभएको बताए ।
उनले संसद्समक्ष युरोजोनको प्रस्तावप्रति समर्थन नभए आफू प्रधानमन्त्री पदमा रहिरहन नसक्ने बताए ।
संसद्मा प्रधानमन्त्रीले सम्बोधन गरिरहँदा उनका समर्थकले उभिएर अभिनन्दन गरेका थिए भने केही सांसद्ले विरोध गरेका थिए ।
युरोजोनको प्रस्ताव स्वीकृत भएसँगै अब ग्रिसले ८६ अर्ब युरो सहयोग पाउने छ ।
यसैबीच आर्थिक सुधारको विरोध गर्नेहरुले संसद्बाहिर प्रदर्शन गरेका छन् । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
प्रदर्शनकारीहरुले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेको र प्रहरीले पनि अश्रुग्यास प्रहार गरेको बताइएको छ । -एजेन्सी