पटौटी गाबिस वार्ड नम्बर १ मा
शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जलवायु परिवर्तन गम्भिर समस्याको विषय बनेको जनाउँदै एक कार्यक्रमका सहभागी बक्ताहरुले जलवायु परिवर्तनले पार्ने असर न्यूनिकरणका लागि सवै पक्ष एकजुट भएर अगाडी बढ्नुपर्ने बताए ।
जिल्ला वन कार्यालय अर्घाखाँची एवं ग्रामिण तथा सामुदायिक स्वास्थ्य विकास केन्द्र (इन्प्रेड) द्वारा सदरमुकाम सन्धिखर्कमा आयोजित जलवायु परिवर्तन अनुकुलन कार्यक्रमका सहभागीहरुले बढ्दो जनसंख्या, वन विनास, भु क्षय, बाढी पहिरो, आगलागी र अन्ध भौतिक विकासका कारण जलवायुमा गम्भिर खालका असर देखा परेको जनाउँदै सिंगो प्राणी जगत र मानव जीवनको रक्षार्थ चेतनामूलक अनुकलनका कार्यक्रम प्रभावकारी रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिए ।
सहभागीहरुले जिल्लामा सञ्चालित बहु सरोकारवाला वन कार्यक्रमको प्रभावकारी सफलताले जलवायुमा पु-याउने असर न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिए । कार्यक्रममा मन्तव्य राख्दै स्थानीय विकास अधिकारी हरी प्रसाद ज्ञवालीले मानवजन्य क्रियाकलापका कारण जलवायु परिवर्तनमा गम्भिर खालका असरहरु देखा परेको बताउदै ,मानव अस्तित्व रक्षा र दिगो विकासको निम्ती जलवायु अनुकुलनका गतिविधीहरु अगाडी बढाउनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा जिल्ला वन अधिकृत कृष्ण पौडेल, नेपाली काँग्रेसका जिल्ला सदस्य गोपाल प्रसाद भुसाल, एमालेका जिल्ला सचिवालय सदस्य राम चन्द्र पोेख्रेल, एमाओवादीका कोषाध्यक्ष छमकुमारी खनाल चिनारी , राष्ट्रिय जनमोर्चाका सचिव गोपाल प्रसाद पौडेल, राप्रपाका जिल्ला अध्यक्ष देवी बहादुर खड्का, नेकपा माओवादीका जिल्ला सेक्रेटरी दुर्गा अधिकारी, पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी लगायतका वक्ताहरुले मन्तव्य राख्दै ,चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै वृक्षारोपण, पानीका मुहान संरक्षण, पोखरी निर्माण, डढेलो नियन्त्रण, वन संरक्षण लगायतका गतिविधी संचालन गर्न स्थानीय अनुकुलन कार्यक्रम (लापा) प्रभावकारी हुने बताए ।
बहुसरोकारवाला कार्यक्रम अन्तरगत जिल्लामा सञ्चालित जलवायु परिवर्तन अनुकुलन मार्फत जिल्लाका सितापुर, ठाडा, सुवर्णखाल, जलुके, जुकेना, सिद्धारा, सिमलपानी, पोखराथोक, पणेना, पाली, चिदिका, ठूलापोखरा, खन, हंसपुर र गोखुंगा गाविसमा जलवायु परिवर्तन सम्वन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन भैरहेको संस्थाका अध्यक्ष सम्भुप्रसाद पोख्रेलले जानाकारी दिनुभयो ।