नेपालकै नमुना सिद्धेश्वर शिबालय चुत्राबेसीमा साउने मेला सुरु

प्रेमनारायण आचार्य



चुत्राबेसी, अर्घाखाँची १ साउन  ।  अर्घाखाँचीको ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थल सिद्धेश्वर शिबालय मन्दिर भक्तिटोला चुत्राबेसीमा  आज देखि एक महिना धार्मिक साउने मेला शुरु भएको छ । धार्मिक मेलामा हजारौ भत्तक्तजनहरुको उपस्थिति रहने छ ।

 



 

आज देखि सुरु भएको साउने मेलाको सुरुको दिन आज बिहान चुत्राबेसीको भक्तिटोलामा रहेको सिद्धेश्र सिबालय मन्दिरबाट सुरु भएको कलश यात्रा चुत्राबेसी र सनिधखर्क बजारका बिभिन्न भाग परिक्रमा गर्दै सन्धिखर्कमा रहेको शिबालय मन्दिरमा पुगेको थियो । कलश यात्रा सहित भजन तथा नाचगान समेत गरिएको थियो । 



 त्यस मन्दिरमा  बिभिन्न तीर्थहरुको  जल रहेको हुनाले त्यसबाट जल लगि बोल बम भन्दै बजारका बिभिन्न भाग परिक्रमा गरि सिद्धेश्वर सिबालय मन्दिरमा रहेको स्फटिकको शिबलिंगमा अर्पण गरिएको छ । 

 



 

ऐतिहासिक , धार्मिक तथा पर्यटकीय महत्व बोकेको सुन्दर प्राकृतिक मनोरम स्थल सिद्धेश्वर शिबालय मन्दिरमा  स्फटिकको शिबलिंग राखि दैनिक बैदिक बिधि पुर्बक पुजा आजा गरिदै आएको छ   । स्फटिकको शिबलिंग भएको शिब मन्दिर नेपालकै इतिहासमा पहिलो भएको मन्दिरब्यबस्थापन समितिले बताएको छ । 

 



 

साउन महिनालाई भगवान शिवको पुजाआजा गरिने महिनाका रुपमा लिइन्छ । साउन महिनाभर जलापर्ण सहितको कार्यक्रम राखिएको सिद्धेश्वर शिबालय मन्दिरका संरक्षक नारायण खनालले बताएका छन । सिद्धेश्वरको  प्रचारमा यस किसिमको मेलाले ठूलो टेवा पु-याउने छ ।





 


 





सुचना !                     सुचना !                            सुचना !

 

सविधानसभा, नागरिक सम्बन्ध तथा सविधान सुझाव समिती अन्तर्गत सविधानको पहिलो मस्यौदामाथि राय सुझाव संकलन गर्न गठित उप- समिति, अर्घाखाँचीको आयोजनामा निम्न मिति, स्थान र समयमा सार्वजनिक सुनुवाई तथा अन्तरकृया कार्यक्रम हुने भएकोले सम्पूर्ण जिल्लाबासीहरुलाई उक्त स्थानमा सहभागी हुनुभई सविधानको मसौदामा रायसुझाव प्रदान गर्नुहुन जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ ।

 

(१) निर्वाचन क्षेत्र नं. १
मिति: २०७२ साउन ३ गते, आइतबार
स्थान: महेन्द्र विधाबोध उच्च मा. वि, बलकोट
समय: बिहान ११:०० बजे

 

(२) निर्वाचन क्षेत्र नं. २
मिति: २०७२ साउन ४ गते, सोमबार
स्थान: सभागृह, सन्धिखर्क – १
समय: बिहान ११: ०० बजे   

अन्य समाचारहरु