खिल्जी गाबिस अर्घाखाँचीको आठौ घर भित्रको धुवामुक्त गाबिस घोषणा (तस्बिर सहित )

खिल्जी, अर्घाखाँची ( अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको खिल्जी गाबिस जिल्लाको आठौ घर भित्रको धुवामुक्त ( प्रर्दुषण ) गाबिस घोषणा भएको छ । 

 


 

जिल्ला बिकास समिती योजना अनुगमन तथा प्रशासकिय अधिक् त निरन्जन पौडेलले एक समारोहका बिच खिल्जी गाबिसलाई घरभित्रको धुवामुक्त गाबिस घोषणा गरेका थिए । 

 



 

खिल्जी गाबिसका सचिब मदन बेल्बासेको सभापतित्व तथा शान्ति माबीका शिक्षक शंकर श्रेष्ठको संचालनमा भएको घोषणा सभामा नेपाली कांग्रेस जिल्ला कार्य समिती सदस्य धर्म राज भुसाल, नेकपा एमाले जिल्ला उपसचिव प्रेम नारायण गैरे, एमाओबादी जिल्ला कोषाध्क्ष छम कुमारी खनाल, स्थानिय राजनीतिक दलका नेताहरु, पुर्व जनप्रतिनिधी लगायतले बधाई तथा थप कामको शुभकामना दिएका थिए । 

 



 

खिल्जी गाबिस पश्चिमाञ्चल बिकास क्षेत्र मै घरमा सुत्केरी मुक्त गाबिस बन्न सफल भएको छ भने गत वर्ष नै गाबिसलाई खुल्ला दिशामुक्त, पूर्ण खोप र पूर्ण साक्षरता गाबिस घोषणा गरिसकिएको छ । 



Premnarayan Gaire in Arghakhanchi contributed to this report.

 




अन्य समाचारहरु