आर्थिक संकटमा फसेको यूरोपेली मुलुक ग्रीसद्धारा ६ अर्ब यूरो ऋण चुक्ता

आर्थिक संकटमा फसेको यूरोपेली मुलुक ग्रीसले ६ अर्ब यूरो ऋण चुक्ता गरेको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको मात्रै दुई अर्बभन्दा बढी पुरानो वक्यौता चुक्ता गरिएको हो । यसका साथै यूरोपीय केन्द्रीय बैंक ईसीबीको चार अर्बभन्दा बढी यूरो ऋण तिरेको हो ।
कम ब्याज दरमा यूरोपियन युनियनसँग सात बिलियन यूरो पाएलगत्तै ग्रीसले यो वक्यौता चुक्ता गरेको हो ।
ग्रीसले आईएमएफको ऋण जूनमै तिर्नुपर्ने भएपनि तिर्न नसक्दा खराब ऋणीको सूचीमा परेको थियो ।
उता ग्रीसमा भने तीन हप्ता बन्द रहेका बैंकहरु खुलेलगत्तै पैसा निकाल्न, चेक जम्मा गर्न मानिसको लामो लाइन लागेको छ ।
यद्यपि, बैंकबाट सर्वसाधारणले अझै पनि हप्तामा केवल ४२० यूरो मात्र निकाल्न सक्दछन् ।
शेयर बजार अझै बन्द छ । यसैबीच प्रधानमन्त्री एलेक्सिस सिप्रासले ऋण लिन कडा शर्त स्वीकार्न नहुने पक्षमा रहेका मन्त्रिमण्डलका सदस्यहरुलाई हटाउनु भएको छ । -एजेन्सी