विदेश बस्ने युवाहरु विकास निर्माण र समाजसेवामा योगदान ! अर्घाखाँची समाज जापानद्धारा मृगौला पीडितलाई आर्थिक सहयोग

शोभाखर पन्थी



सन्धिखर्क, अर्घाखाँची साउन – ५ । बैदेसिक रोजगारीका निम्ति विदेशमा बस्दै आएका अर्घाखाँची जिल्लाका युवाहरुले जिल्लाको विकास निर्माण र समाज सेवामा ठूलो योगदान पु-याका छन् । उनीहरुले खानेपानी आयोजना, विद्यालय भवन, शैक्षिक सामग्र्री वितरण ,मन्दिर, प्रतिक्षालय, विद्युतीकरण देखि लिएर जिल्लामा कसैलाई ठूलो रोग लाग्यो भने औसधी उपचारको लागि समेत आर्थिक स्रोत जुटाएर पठाउने गरेको छन् । 



रोजगारीका निम्ति समुन्द्रपारी बसेर अथक मेहनत गरी बचाएको थोरै थोरै रकम बचाएर उनीहरुले घर परिवारका आवश्यकता मात्रै पुरा नगरी सिङ्गो समाज रुपान्तरणमा समेत टेवा पु-याँदै आएका छन् । 



पछिल्लो पटक धारापानी ३ की बालकुमारी थापाको उपचारमा जापानमा बस्ने युवाहरुको संगठन अर्घाखाँची समाज जापानले निक्कै चासो राखेको छ । दुबै मृगौला ड्यामेज भएर भक्तपुर अंग प्रत्यारोपण केन्द्रमा उपचार गराई रहनु भएकी २८ वर्षिय थापाको उपचारको निम्ति विभिन्न व्यक्तिले सहयोग पु-याएको अर्घाखाँची समाज जापानका अध्यक्ष ज्यो शुजुकीले बताउनु भयो । 



आफ्नै जायजेथा विक्रि गरेर उपचारार्थ रहनु भएको थापाको सहयोगको निम्ति जापानमा रहने ज्यो शुजुकी घर्तिले १० हजार ,मुक्ति श्रेष्ठ, आयान टण्डन ,नेत्र विष्ट, ओम थापा ,नेत्र पन्थी ,चेतन घर्ति मगर, किसन आलेले ५-५ हजार रुपैयाँ उपलब्ध गराउनु भएको थियो । यसैगरी नविन श्रेष्ठबाट २ हजार २ सय, सुविन डङ्गोलबाट २ हजार १ सय लगायत ३१ जनाबाट रकम प्राप्त भएको अध्यक्ष घर्तिले बताउनु भयो । 



अर्घाखाँची समाज जापानले उपलब्ध गराएको ७६ हजार ३ सय रुपैया नेपाल पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थीले मृगौला पीडित बाल कुमारी थापालाई उपलब्ध गराउनु भएको छ । पीडितलाई रकम हस्तान्तरण गर्दै अध्यक्ष पन्थीले बैदेसिक रोजगारीको निम्ति देश बाहिर बस्ने युवाहरुले पु-याएको सहयोगको मुक्त कण्ठले प्रशंसा गर्दै हामी नेपाली जहाँ सुकै रहेपनि आफ्नो मातृभूमीको विकासमा ध्यान दिनु पर्ने बताउनु भयो । 



मृगौला पीडित बालकुमारी थापाले आफ्नो उपचारको लागि सहयोग पु-याएको प्रति देश बाहिर रहने युवाहरु प्रति आभार प्रकट गर्दै आफू पूर्ण रुपमा निको भए पछि विकट ग्रामिण क्षेत्रमा गई जनसेवागर्ने आश्वासन दिनु भयो । 



कार्यक्रममा समाज सेवी पिताम्बर पोख्रेल , खेम घर्ति लगायतले समेत मन्तव्य राख्नु भएको थियो । 

अन्य समाचारहरु