टर्कीको सुरुच शहरमा बम आक्रमणमा मारिएका ३२ जनाको सामूहिक अन्त्येष्टी

टर्कीको सुरुच शहरमा गत सोमबार बम आक्रमणमा मारिएका ३२ जनाको सामूहिक अन्त्येष्टी गरिएको छ ।
अन्तेष्टीमा भावविह्वल भएका मृतकका आफन्त र शुभेच्छुकले मस्जीद अगाडी राखिएको कफनमा पुष्प गुच्छा चढाएका थिए ।
मृतकमध्ये अधिकांश स्थानीय विद्यालयका विद्यार्थी थिए । सामाजिक समूह फेडेरेशन अफ सोसलिष्ट युथ एशोसिएसनमा आवद्ध सामाजिक कार्यकर्ताले पत्रकार सम्मेलन गर्न लाग्दा विष्फोट भएको थियो ।
सिरीयाको कोबान शहरमा पुनर्निर्माण कार्यक्रम चलाउन जाने कार्यकर्तालाई विदाई गर्न आयोजित समारोहमा संदिग्ध आईएस विद्रोहीले विष्फोट गराएका थिए ।
यसैबीच टर्कीमा आतंकवादलाई परास्त गर्न कुनै कदम नचालेको भन्दै सरकारको बिरोध सुरु भएको छ ।