भारतमा सुरक्षाकर्मीहरु एकजना श्रंखलाबद्ध हत्यारा लाई पक्रन सफल भएका छन् ।
६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका रविन्द्र नामका ती व्यक्तिले अहिलेसम्म ३० जना बालबालिकाको बलात्कार र पछि हत्या गरिसकेको खुलासा पनि भएको छ ।
आफ्नै छिमेककी ६ वर्षीया बालिकालाई बलात्कार गर्ने प्रयास असफल भएपछि उनको हत्या गरेको अभियुक्तले स्वीकारेको त्यहाँका सुरक्षाकर्मीहरुले जनाएका छन् । अनुसन्धानका क्रममा उनले ३० जना बालबालिकाको हत्या गरेको पनि स्वीकारेका हुन् ।
एक वर्षअघि पनि एक बालकमाथि अप्राकृतिक यौन सम्पर्क गर्ने प्रयास असफल भएपछि बालकको हत्या प्रयासमा उनी पक्राउ परेपनि जमानतमा छुटेको खुलासा भएको छ । उनले सन् २००८ देखि हालसम्मको अवधिमा ३० जना बालबालिकाको बलात्कार र पछि हत्या गरेको जनाइएको छ ।
रविन्द्रको परिवारले भने उनलाई शारिरीक यातना दिएर फसाउन खाजेको आरोप लगाएको छ । रविन्द्र मानसिक रुपमा अस्वस्थ रहेको भन्दै उनीहरुले रिहाइको माग गर्दैगर्दा ६ वर्षीया बालिकाका अभिभावकले भने रविन्द्रलाई फाँसीको सजाय माग गरेका छन् । (एजेन्सी)