भारतको झारखन्ड राज्यमा माओवादीले २४ वटा ट्रकमा आगो लगाए

भारतको झारखन्ड राज्यमा माओवादीले २४ वटा ट्रकमा आगो लगाएका छन् ।
झारखन्डको बोकारो जिल्लामा रहेको सेन्ट्रल कोलफिल्ड्स लिमिटेड (सीसीएल) परियोजनाको ट्रकमा माओवादीले आगो लगाएका हुन् । कोइला ढुवानीका लागि प्रयोग गरिएका ट्रकमा माओवादीले आगो लगाएको प्रहरीले जनाएको छ ।
१२ जनाभन्दा बढीको समूहमा आएका माओवादीले ट्रकमा आगो लगाए पनि ट्रकका चालकलाई भने केही नगरेको प्रहरीले जनाएको छ ।
ट्रकमा आगो लगाएपछि भागेका माओवादी समूहविरुद्ध कारबाही अभियान थालिएको त्यहाँको प्रहरीले बताएको छ । (एजेन्सी)