यमनमा जारी हुती विद्रोह नियन्त्रण गर्न खटिएको सउदी अरब नेतृत्वको गठबन्धन सेनाले पाँच दिने संघर्ष विराम गरेको छ ।
यमनको ताइज सुबे राज्यमा गरिएको हवाई आक्रमणमा सर्वसाधारण मारिएपछि सउदी अरबले संघर्ष बिराम गर्ने घोषणा गरेको हो ।
यसबाट यमनी नागरिकलाई केही समय भएपनि राहत दिने सउदी अरब सरकारको दावी छ ।
यमनी राष्ट्रपति मंसुर हादीको आग्रह अनुसार सउदी अरबका बादशाह शाह सलमान संघर्ष बिराम गर्न तयार रहेको बुझिएको छ ।
यसअघि पनि संयुक्त राष्ट्रसंघको मध्यस्थतामा एक हप्ते संघर्ष विराम गरिए पनि सफल भएको थिएन ।
यमनमा हुती बिद्रोहीले बर्षौदेखि गर्दै आएको आतंकवादी आक्रमणमा सयौं मारिएपछि सउदी अरबको गठबन्धन सेनाले हुती विद्रोहीबिरुद्ध आक्रमण गरिरहेको छ ।(एजेन्सी)