अफगानिस्तानको उत्तरी बाघलान प्रान्तको देल सालेह जिल्लामा एक वैवाहिक कार्यक्रममा गोलावारी हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ ।
आइतवार राती भएको घटनामा १० भन्दा बढी घाइते भएका छन् । घाईते मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् ।
विवाह समारोहमा सहभागी केही व्यक्तिबीच विवाद बढेपछि नै गोली चलेको बताइएको छ ।
स्थानीय मुल्लाका छोराको विवाह पाटीमा ४ सयभन्दा बढी सहभागी थिए ।
एक व्यक्तिले स्थानीय एक प्रहरी अधिकृतको नातेदारलाई गोली हानेपछि त्यहाँ गोली हानाहान भएको बताइएको छ । (एजेन्सी)