डा. रबिन्द्र पाण्डे “समीर”
दाता सम्मेलन सम्पन्न भएको आज एक महिना पुरा भयो । अहिलेसम्म नवनिर्माण वा पुन:निर्माण प्राधिकरण गठन गरेर तीब्रगतिमा काम हुनुपर्ने हो । देश र पिडित जनताको हाम्रो सरकारलाई मतलब नै छैन । यस्तो ढिलासुस्तीले एकातर्फ दाताहरुको उत्साह र विश्वास घट्दछ भने अर्को तर्फ शोकलाई शक्तिमा बदल्ने हाम्रो अठोटमाथि तुषारापात भएको छ ।
पचासौं समिति प्रधानमन्त्रीले किन ओगट्नुपर्यो ? कामले आफ्नो क्षमता देखाएका सयौं हस्तीहरु हाम्रै देशमा छन् । त्यस्ता उर्जाशील व्यक्तिहरुलाई समेटेर गैह्र राजनैतिक प्राधिकरण गठन तुरुन्त नगर्ने हो भने हाइटीको चाल हुनेछ । हाइटीमा पनि भूकम्प गएको एक बर्षपछि प्राधिकरणको गठन भएको अनुकरण गर्न खोजेको हो कि ?
डा. बाबुराम भट्टराई, गोकर्ण बिष्ट, गगन थापा,अजम्बर राई, चन्द्रशेखर, रामकुमारी झाँक्री, नविना लामा, दिपेश पुन, प्रदीप पौडेल, बर्षमान पुन देखि मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले, भवानी राणा, युबराज खतिवडा अनिल शाह, आमोद दीक्षित,रवीन्द्र मिश्र, उद्धब थापा मनोज गजुरेल,राजेश हमाल, लिलामणि पौडेल … थुप्रै नामहरु छन्, हामीसंग । आवश्यक परे हामी पनि एक पैसा तलब भत्ता नलिएर कनिष्ठ भोलेन्टियरको रुपमा काम गर्न तयार छौं । सक्षम र स्वच्छ छवि भएका, कामको स्पिड भएका तथा भूकम्प पश्चातको दुखलाई स्पर्श गरेका ” क्रेजी ” हरुलाई समितिमा राखेर काम सुरु गरौँ । हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ?
(लेखक वरिष्ठ साहित्यकार तथा जनस्वास्थ्य विशेषज्ञ हुन )