प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची ११ साउन । अर्घाखाँचीको सन्धिखर्कमा सुआहारका कार्यक्रमको जानकारी तथा कार्यक्रममा पत्रकारहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सुआहारा कार्यक्रमको बारेमा जिल्ला संयोजक दिबस ढकालले जानकारी गराउनु भएको थियो । उहाले जिल्लाको मातृ शिसु पोषणको सुधारकालागि सुनौला हजार दिनका गर्भबती महिला, बच्चा र तिनका परिबारको पोषणको अबस्था सुधारकालागि गाँउगाँउमा कार्यक्रम सञ्चालन हुने र कार्यक्रम सफल पार्नकालागि सञ्चारकर्मिको महत्वपुर्ण भुमिका हुने जानकारी गराउनु भएको थियो ।
नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सोभाखर पन्थीले जिल्लामा रहेका आमा र बालबालिकाको साथै परिबारको पोषणको अबस्था सुधार गर्ने कार्य अपरिहार्य भएको र स्वस्थ र समृद्ध सन्सार निर्माण गर्ने कार्यक्रममा जिल्लाका सञ्चारकर्मिहरुले आआफ्नो स्थानबाट कलम चलाउने बताउनु भयो ।
कार्यक्रममा सहभागी पत्रकारहरुले जिल्लामा लागु भएको मातृ शिसु तथा बाल्यकालिन पोषण सुधारका कार्यमा प्रतिबद्ध भएर लाग्ने र कुपोषण हटाउने कार्यमा आफुहरुले सक्रियताका साथ कलम चलाउने बताएका छन ।
कार्यक्रममा जिल्ला बिकास समितिका स्थानीय बिकास अधिकारी हरिप्रसाद ज्ञवालीले जिल्लाको बिकासका लागि रणनैतीक योजना बनिसककाले अर्घाखाँचीलाई बिकासका बिभिन्न सुचकका आधारमा नमुना जिल्ला बनाउन सबै जिल्लाबासीहरु लाग्नु पर्ने बताउनु भयो ।उहाले लिओ कोइन्टेस्टको माध्यमबाट अघि बढेकाले सबै कार्यमा जिल्लालाई नमुना बनाउनकालागि सञ्चारकर्मिको भुमिका महत्वपुर्ण हुने बताउनु भयो ।
जिल्ला अस्पताल सन्धिखर्कका जनस्वास्थ्य निरिक्षक लिलाराम गौतमले पोषणको अबस्था सुधार गर्ने बहुक्षेत्रीय योजनाले जिल्लाको पोषणको अबस्थामा सुधार आउने बताउनु भयो ।
जिबिसका योजना अधिकृत हरिस्चन्द्र भुसालले नेपाल जस्ता बिकासोन्मुख देसका महिला र बालबालिकाको पोषण स्थिति नाजुक भएकाले सुधारकालागि सबै जिल्लाबासीहरु लाग्नु पर्ने बताउनु भयो ।
जिल्लामा अबस्थीत सक्रिय पत्रकारहरुको सहभागीता रहेको कार्यक्रम पत्रकार महासंघका जिल्ला अध्यक्ष सोभाखर पन्थीको अध्यक्षता सुआहारका पोषण अधिकृत मिलन लोप्चनको स्वागत र सरसफाई अधिकृत सृजना पन्थीको सञ्चालनमा सम्पन्न भएको हो ।
जानकारी: कृपया यहाँ राखेका कुनै पनि समाचार अनुमती बिना पुन: प्रकासित गर्न मनाही छ।