भारतका पूर्वराष्ट्रपति कलामको राजकीय सम्मानका साथ बुधबार अन्तिम संस्कार गरिने

भारतका पूर्वराष्ट्रपति डा. एपीजे अब्दुल कलामको पार्थिव शरीर दिल्ली ल्याइएको छ । भारतका राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार दिल्लीको पालम हवाई मैदानमा डा. कलामप्रति श्रद्धाञ्जली व्यक्त गरे ।
सोमबार निधन भएका कलामको पार्थिव शरीर गुवाहाटीबाट विशेष विमानमाार्फत् दिल्ली ल्याइएको हो । कलामको बुधबार उनकै पैतृक सहर रामेश्वरममा अन्तिम संस्कार गरिने कार्यक्रम छ ।
पूर्वराष्ट्रपति कलामको निधनमा भारतमा सातदिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । भारतको सिलोङमा इन्डियन इन्ष्टिच्युट अफ म्यानेजमेन्टको एक सम्मेलनमा वक्ताका रुपमा उपस्थित उनी बोल्दाबोल्दै बेहोस भएका थिए ।