बिश्व बाघ दिवश: बाघ संरक्षणमा आशााका किरण र चुनौती

– कृष्णप्रसाद भूसाल

परीयोजना अधिकृत

नेपाल पन्छी संरक्षण संघ



 “जगंलको राजा” भनिने सुगठित शरीर भएको बलियो र सुन्दर स्तनधारी जनावर बाघ पछिल्लो शताब्दी सम्म आउदा यस धर्तिबाटै लोप हुने अवस्थामा पुग्यो । विशौ शताब्दीको शुरुताका नौ उप-प्रजातिका बाघहरु यस पृथ्वीमा स्वतन्त्र विचरण गर्दथे । तर बासस्थानको विनास, आहाराको घटदो क्रम, चोरि शीकार र अवैध व्यापार तथा मानव र बाघ बिचको द्धन्द जस्ता मूख्य कारणहरुले सन् १९०० मा करीव एक लाखको संख्यामा पाईने बाघ आज ३२,००० मा झरेका छन । यसै गरी चार उप-प्रजातिका बाघहरु बालि बाघ सन् १९४० को दशकमा, क्यास्पेली बाघ १९७० को दशकमा, जाभाली बाघ १९८० को दशकमा र दक्षिण चीनीयाँ बाघ १९९० को दशकमा पृथ्वीबाट लोप भईसकेका छन । हाल संसारमा पाँच उप-प्रजातिका हिन्दी चीनीयाँ बाघ, सुमात्रेली बाघ, साईबेरियाली बाघ, बंगाली बाघ र मलायन बाघ मात्र पाईन्छन । संसारका १४ देशहरु नेपाल, भारत, चीन, बंगालादेश, भुटान, म्यानमार, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, उत्तर कोरिया, रुस, थाईल्यान्ड र भियतनाममा मात्र हाल बाघ पाईन्छ । नेपालमा पाईने बाघलाई पाटे बाघ (बंगाली बाघ) भनिन्छ जुन खासगरी पर्सा देखी कञ्चनपुर सम्म तराईका संरक्षित क्षेत्र र आसपासमा पाईन्छ । बिरालो परिवारको सबैभन्दा ठुलो प्रजाति र खाद्यचक्रको उपल्लो तहमा पर्ने बाघ विनाशले सनातन पर्यावरणीय चक्र र खाद्यसृङखलामा असर पुग्यो । 



ओसिलो, घना जंगल र तराईका अग्ला घाँसे सिमसार क्षेत्रहरुमा बस्ने बाघको विगत १५० वर्षमा ९३ प्रतिशत वासस्थान विनास भएको छ र पछिल्लो एक दशकमा मात्रै बाघको वासस्थान ४० प्रतिशतले घटेको छ । बाघ आफनो ऐतिहासीक बासस्थान रेन्जको सात प्रतिशतमा संकुचीत हुन पुगेको छ भने जनसंख्या वृद्धिसगैँ बन विनास र अतिक्रमण, बढदो शहरीकरण, सडक, बाध निर्माणले गर्दा बासस्थान खण्डिकरण भइरहेको छ । बाघ पाईने देशको करीव एघार करोड नब्बे लाख हेक्टर क्षेत्रफलमा फैलिएको जंगलमा बाघ बस्ने गरेको बताईन्छ । त्यसै गरी पूर्ण मांसाहारी बाघको आहार विभिन्न प्रजातीका हरीण, जंगली बंदेल, लगुनाको सख्या घटनुले पनि बाघलाई थप संकटमा पा-यो ।



बाघ विनाशको प्रमुख कारण भने चोरीशिकार हो । बाघको मुख्यतया छाला र हड्डीका साथै मासु, बोसो, पेट, अण्डकोष, पित्त, आँखा, नाक, दाँतको पनि अवैध व्यापार हुने गर्दछ जसको मुख्य बजार छिमेकी देश चीन हो । बाघका अगंहरुको कुनै औषधीय उपयोगिताबारे वैज्ञानिक पुष्टि भएको छैन यद्यपी कतिपय अन्धविश्वास र भ्रामक प्रचारका कारण तस्करीमा झन बल पुगेको देखीन्छ । बाघको छाला पहिले देखि नै धनाढ्यहरुको शानको रुपमा कोठा सिगार्न, धार्मिक कार्य र कपडाको रुपमा प्रयोग गर्ने गर्दथे जसका कारण बाघकोे चोरिशिकारी र बजार माग अधिक बढ्यो । पछील्लो तरल राजनैतिक अवस्था र कमजोर कानुनी नियन्त्रण प्रणालिको फाईदा उठाउदै अन्तराष्ट्रिय तस्करहरु नेपाललाई ट्रान्जिट प्वाईन्ट का रुपमा समेत प्रयोग गरिरहेका छन ।  



लोपोन्मुख प्रजाति बाघलाई नेपालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्ष्ीात वन्यजन्तुको सूचीमा सूचीकृत गरिएको छ । आई.यू.सी.एन.को खतरा सूची अनुसार बाघ संकटापन्न प्रजाति हो ।



 बाघलाई साइटिस अनुसूची-१मा सूचीकृत गरिएको छ । यस अनुसूचीमा अन्तराष्ट्रिय व्यापारका कारण अतिसंकटापन्न अवस्थामा पुगेका प्रजातिहरु पर्छन र तिनको व्यापारमा पूर्ण प्रतिवन्ध लागाइएको हुन्छ । बाघ संरक्षणका निम्ती नेपाल सरकारद्धारा पहिलो पटक सन १९९९ मा र दोश्रो पटक सन २००७ मा पाँच बर्षे बाघ संरक्षण कार्ययोजना बनाई लागु गरेको छ हाल यो पुन नविकरण हुदै छ । सन् २००४ देखि नेपाल बिश्व बाघ मञ्चको अध्यक्ष मुलुकको रुपमा समेत कार्यरत छ । बि.सं २०६५ सालमा तराईका संरक्षित क्षेत्रहरु चितवन र बर्दिया राष्ट्रिय निकुन्जका साथै पर्सा र शुक्लाफाटा वन्यजन्तु आरक्षमा स्वचालित क्यामेराको मद्दतले क्यामेरा ट्रयापीङ विधिबाट गरीएको गणनामा १ सय २१ वयस्क बाघ भेटीएका थिए । उक्त गणना अनुसार चितवनमा ९१, बर्दियामा १८, शुक्लाफाटामा ८ र पर्सामा ४ बाघ भेटिएका थिए । गत सालको गणनामा  वयस्क बाघको संख्या १ सय ९८ पुगेको छ । तथ्याङ्क अनुसार चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा १ सय २०, बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासमा ५०, शुक्लाफाटा वन्यजन्तु आरक्ष र आसपासमा १७, पर्सा वन्यजन्तु आरक्ष र आसपासमा ७, र बाके राष्ट्रिय निकुञ्ज र आसपासमा ४ बाघ भेटिएका थिए । यो पछिल्लो अध्ययन प्रतिवेदनले संरक्षणकर्मीलाई हर्षीत तुल्याएको छ भने आगामी सन् २०२२ सम्म बाघको संख्या दोब्बर पु