भारतको महाराष्ट्रमा तीन तले भवन भत्कँदा तीनजनाको मृत्यु भएको छ । भवनमा थुप्रैं च्यापिएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
भवनमा पुरिएका ११ जनालाई अस्पताल भर्ना गरिएको छ । महाराष्ट्रको ठाणे जिल्लामा रहेको भवन पुरानो भएकाले भत्किएको अनुमान गरिएको छ ।
३५ वर्षअघि बनेको सो भवनमा ७० जना बस्ने गरेका थिए । (एजेन्सी)