धर्म निरपेक्षतामा नेताहरुकाे भुमिका तथा नेपाली समुदाएकाे मानसिकता

डिला रेग्मी दुबई 
शुक्रबार अाबुधाबि देखि दुबई जादा ट्याक्सि चालक नेपाली थिए। संयाेगले उनी बुर्तीबाङतिरकै रहेछन्।कुराकानिकै क्रममा भेगिए नाताकाकारण उनले अाफ्नाे गुम्सिएकाे बिरह पाेखे।
नेपाल देखि दुबई हुँदै युराेप जाने सपना देखेर  पन्ध्रलाख  दलाललाई बुझाई दलाल भागेपछि चारबर्ष पहिले दुबईमा अलपत्र परेकारहेछन्। बाग्लुङका एकजना मान्छेले दुबईमा काम खाेजिदिएपछि बल्ल महिनापिच्छे  पन्ध्रलाखकाे ब्याज सम्म तिर्न सक्ने भएछन्। दलालकाे घात र पन्ध्रलाख रिण सम्झदा अात्मगलानिले घरमा केहिसमय सम्पर्क गर्नपनि सकेका रहेनछन्। केही समयपछि बाबा अामाले श्रीमतिलाई घरबाट निकालिदिएकाे भन्ने खवरले उनलाई पिडामाथि पीडाथपिएछ । अनि घरमा सम्पर्क गरेर बास्ताबिकता बुझ्दा  श्रीमानकाे स्वस्थ्यालाभ तथा अार्थीक अभावकाे पुर्तीकाे लागि श्रीमतिले प्रभु युसुकाे प्रथाना गर्दै हिन्दु धर्मलाई त्यागी कृश्चियन धर्म अंगालेकी रहेछिन्। पटक पटक प्रथाना गर्न जाँदा सासू ससुराले कृश्चियन बेनेकाे  थाहा पाएर उनलाई घरबाट निकालिदिएका रहेछन्।
 
कसैलाई धनसम्पत्तिकाे  प्रलाेभनमा फसाएर,डर धम्की देखाएर वा अाफ्नाे धर्मकाे बाहुल्यता बढाउन विभिन्न भ्रममा फसाएर  कसैकाे धर्मपरिबर्तन गर्नु अपराध हाे ।  स्वईच्छाले कुनै ब्यक्तिले धर्मपरिबर्तन गर्छ भने त्याे उसकाे ब्याक्तिगत स्वतन्त्राताहाे । यहाँ ट्याक्सि चालककि श्रीमती दुबै तिरबाट अन्याएमा परेकि छिन्न । एक उनलाई प्रलाेभनमा फसाईएकाे छ। दाेस्राे उनलाई  हिन्दु धर्म परिवर्तन गरेर कृश्चियन भएकै कारण घरपरिवार बाट बहिस्कार गरीएकाे छ। उनलाई प्रलाेभनमा फसाउनु चर्चमिसनले गरेकाे अन्याएहाे । घरबाट बहिस्कृतहुनु हिन्दु धर्म सापेक्षताकाे परिणाम हाे । धर्मनिरपेक्षताले उनकाे दाेस्राे  समस्या काे समाधान गर्न सक्छ।
लामाे संघर्ष र बलिदान पछि नेपाल र  नेपाली जनताले नयाँ संविधान पाउने अाशाहरु पलाएका छन्। ०६२/०६३सालकाे जनअान्दाेलन पछि पुनर्स्थापित संसदले  ०६३ जेष्ठ मा नेपाल लाई धर्मनिरपेक्ष मुलुक घाेषणा गर्याे। हिन्दुधर्मकाे बाहुल्यता रहेकाे मुलुक नेपाल हिन्दु राष्ट्रनै काएम हुनुपर्ने  हिन्दु अतिबादि हरुका मागहरु त्यतिबेला नै उठेका थिए र पनि  ०६३ असाेज देखि नेपालमा  धर्म निरपेक्षता लागू भएकाे थियाे। 
 धर्मनिरपेक्षता प्रगतिशिल राष्ट्रकाे एक नीति हाे  ।याे अल्वर्ट अास्टान्डकाे समय निरपेक्षताकाे सिध्दान्त संग सम्बन्धित छ।  धर्म निरपेक्षतामा सबैकाे धर्मकाे सम्मान हुन्छ। सबैले अाअाफ्नाे धर्ममान्ने अधिकार हुन्छ। धार्मिक संष्णुताबढ्छ। राज्यले सबै जात वा  धर्मलाई एउटै अाँखाले देख्छ अर्थात धर्मनिरपेक्ष राष्ट्र भनेकाे स्वच्छ पानी जस्ताे हाे जस्काे रंग हुदैन,स्वाद हुदैन,गन्धहुदैन  त्यस्तै धर्मनिरपेक्ष राज्य भनेकाे  राज्यकाे कुनै जात वा धर्म हुनुदैन  भन्नेन हाे। 
नेपाल कम्युनिष्ट पार्टीकाे घाषणा पत्रमा राज्यकाे कुनै धर्म जात हुनुहुदैन भन्ने लेखिएकाे हाेल,कुनै अधिवेसनमा धर्मनिरपेक्षताकाे बारेमा प्रतिबध्दता जनाएहाेलान् कुनै कम्युनिष्ट पार्टी निकटका पुस्तक पत्रपत्रिकामा धर्मनिरपेक्षताकाे बयान गरीएहाेला । बिश्वमा कम्युनिष्ट बाहुल्यता रहेका राष्ट्र मध्या नेपाल पनि ठुलाे राष्ट्रहाे । अरुकाे तुलनामा यहाँ विभिन्न पुच्छर झुण्डाएका भएपनि  कम्युनिष्ट हरुकाे बाहुल्यता छ। तर विभिन्न जनअान्दाेलन जस्तै ०६२ /०६३काे जनअान्दाेलनमा सामान्तबादकाे अर्थात राजतन्त्रकाे अन्त्य कालागि नै नेपाली जनसागर जुट्याे  त्यतिबेला  नेपाल धर्मनिरपेक्ष राष्ट्रहुनुपर्छ भन्ने कुरा धेरै नेपालीले सुन्नैपाएनन्। धर्मनिरपेक्षताकाे अर्थ तथा फाईदा र बेफाईदाकाे बारेमा नेपाली जनतालाई बुझाउनु पर्थ्याे बिडम्बना अाफ्नै कार्यकर्ता सम्मलाई बुझाउन सकिरहेका छैनन्। यस्ताे परिस्थितिमा हिन्दुधर्मका नाममा अाफ्नाे राजनितक  स्वार्थ पुरागर्न देसलाई पश्चगमनतिर धकेल्नेहरुलाई माैका मिलिरहेकाे छ । अहिले संविधान सभा नेपाल  हिन्दु धर्मसापेक्ष राज्या बनाउनु पर्ने  ध्वनिले गुञ्जयमान छ। हिन्दु धर्म  सापक्षराज्य ले बर्तमान वा भबिष्यमा नेपाली समाजलाई धार्मिक युध्दकाे दलदलमा फसाउने छ । प्रतिकृयाबादिहरु प्रतिक्रन्तिकाे लागि दाउ हेरीरहेका छन् तिनिहरुकाे  उदेश्य भनेकाे नेपालमा सामान्त बादी  राजतन्त्रकाे पुर्नवाहाली गर्नु हाे । यसकाे बिरुद्ध  प्रगतिशिल बिचार धारा बाेक्ने सम्पुर्ण  बामपंथी लगातार संघर्ष गर्न जरुरी छ।
नेपाली जनतामा  केछ भने धर्मनिरपेक्ष कृश्चयन हरुले अाफ्नाे बाहुल्यता बढाउन नियाेजित तरीकाले ल्यएकाहुन् भन्ने भ्रम छ। धर्मनिरपेक्षताले सबै धर्मलाई सम्बाेधन गर्छ हिन्दु धर्म मान्नेहरुकाे लाई कुनैअाघात गुग्दैन भन्ने बिश्वास छैन। हिन्दु अतिबादि धार्मिक राजनिति गर्नखाेज्ने सामान्तका दलाल हरुले अाफ्नाे स्वर्थ पुर्तिका लागि  जनतालाई  झुटाे भ्रम फैलाउदैछन्। अाफुलाई धार्मि गुरु बताउने साधुहरुले धर्म युद्ध गर्छाै भन्ने अभिब्यक्ति दिदैछन्। चर्चमिसन का मान्छेहरुले कराेडाै खर्चगर्दै अाफ्नाे जमात बढाउदैछन्। अाफुलाई कम्युनिष्ट दाबिगर्ने क्रन्तिकारी भन्नेहरुले पनि हिन्दुधर्म सापेक्ष मा सहमति जनाउदै छन् । हिन्दु धर्मसापेक्षभनेकाे प्रगतिशिल राज्यब्यबस्थामा  एउटा हिन्दु धर्मकाे अतिबादि बिचारहाे। हिन्दु धर्मलाइ भर्याङबनाएर नेपालकाे राष्ट्रियता लुट्ने बिस्तारबादकाे रणनितिलाई नेपाली जनताले समयमै बुझ्नु जरुरी छ।
 
नेपालमा   हिन्दु बाहेक   बाैध्द,ईस्लाम,सिख,किराँती,ईसाई अादि लगाएत का अरुधेरै  यस्ता धर्महरु पनि छन्।  कुनै एक धर्मसापेक्षभयाे भने अन्य धर्मका समुदायहरुलाई साेझै नकारात्मक प्रभाब पर्नेछ । हिन्दु धर्मसापेक्षहुनैपर्छ भन्ने बिचार बाट के प्रस्ट हुन्छ त भन्दा सत्ता साझेदार  नेताहरु नेपालमा घर -घर समुदाय -समुदाय जाति -जाति वा एक धर्म र अर्काे धर्म बिच धार्मिक युद्ध भएकाे देख्न चाहान्छन्।  राष्ट्र दुर्घटनाकाे सिकार बनाउन चाहान्छन् यस्ता सबै खाले गलत कदमकाे बिरुद् नेपाललाई धर्मनिरपेक्ष मुलुक बनाउन  दबाब दिनु जरुरी छ।
(लेखक राष्ट्रीय जनमाेर्चा निकट नेपाली एकता समाजमा अाबध्द छन् )