शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाका एक जना वृद्धले आफ्नो चौरासी पुजाको खर्च क्याम्पसलाई दिनु भएको छ ।
सन्धिखर्क – २ भक्तिटोलका ८५ बर्षिय शिव प्रसाद पौडेलले ८४ बर्ष पुरा गरेको उपलक्ष्यमामा चौरासी पुजामा लाग्ने सम्पुर्ण खर्च पाणिनी बहुमुखी क्याम्पसमा अक्षय कोष खडा गरिदिनु भएको हो ।
आर्थिक अभावका कारण गरिव तथा विपन्न वालवालिकाहरु उच्च शिक्षा हासिल गर्न बाट बन्चित हुन नपरोस भन्ने अभिप्रायले १ लाख ५१ हजार १ सय ११ रुपैंयाको अक्षयकोष खडा गरिएको पौडेलका छोरा गणेश प्रसाद पौडेलले बताउनु भयो ।
अक्षयकोष रकमको व्याज पाणिनी बहुमुखी क्याम्पसको स्नातक तहमा उत्कृष्ट नतिजा ल्याउने मध्ये एकजना र एकजना छात्रा लाई पुरस्कृत गरिने उहाँकी बुहारी मञ्जु पौडेलले बताउनु भयो । १९८७ साल फाल्गुण १४ गते तत्कालिन अर्घा गाविसको गौचौरमा जन्मनु भएका पौडेल सामाजिक काममा क्रियाशिल हुनु हुन्थ्यो ।
जनयुद्धको क्रममा उहाँका छोरा माओवादीको सेती महाकालि ईन्चार्ज लेखनाथ पौडेलको २०५८ मंसिरमा कैलाली र बुहारी कैलाली ईन्चार्ज सुनिता सापकोटा पौडेलको २०५९ साल भाद्रमा कैलालीमै सुरक्षा फौजको आक्रमणमा परि मृत्यु भएको थियो ।
जानकारी: कृपया यहाँ राखेका कुनै पनि समाचार अनुमती बिना पुन: प्रकासित गर्न मनाही छ।