भारतका विभिन्न राज्यमा आएको बाढी र पहिरोमा परी कम्तिमा १ सय १२ जनाको मृत्यु भएको छ । पश्चिम बंगाल, उडिसा, गुजरात र मणिपुरमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी उनीहरुको मृत्यु भएको हो ।
गुजरातमा मात्रै ५३ जनाको मृत्यु भएको छ भने बंगालमा ३९ जनाको मृत्यु भएको छ । बाढीका कारण लाखौं घरबारबिहीन भएका छन् ।
पश्चिम बंगालकी मूख्यमन्त्री ममता बनर्जीका अनुसार राज्यका १२ जिल्ला बाढीबाट प्रभावित भएका छन् । राज्यका एक लाख १९ हजार नागरिकले राहत शिविरमा शरण लिएका छन् ।
यता मणिपुरमा पहिरोबाट २० जनाको मृत्यु भएको छ ।
बिगत ४८ घण्टामा भारतका विभिन्न क्षेत्रमा भारी बर्षा भएको छ । वर्षाबाट पश्चिम बंगालका १२ वटा जिल्ला प्रभावित बनेको बंगाल सरकारले जनाएको छ । त्यहाँका १९ हजार सर्वसाधारणलाई राहत शिविरमा राखिएको छ । बाढीका कारण सयौं सवारीसाधन पुरिएका छन् भने सयौं चौपाया बगेका छन् । (एजेन्सी)