ताजा प्रतिवेदन अनुसार बजारमा चार सय करोड रुपैयाँ बराबरको भारतीय नक्कली नोट उपलब्ध छ । राष्ट्रिय जाँच एजेन्सीका तर्फबाट गरिएको पछिल्लो अध्ययनमा यो तथ्य प्रकाशमा आएको हो ।
प्रत्येक वर्ष ७० करोड भारतीय नक्कली नोट बजारमा आउने गरेको पनि सो अध्ययनले खुलासा गरेको छ ।
एउटा भारतीय गुप्तचर निकाय आइबी ले गरेको अध्ययन अनुसार करिब २,५०० करोड रुपैयाँ नक्कली नोटमा समाहित थियो ।
अध्ययनमा भारतीय नक्कली नोट पाकिस्नातमा बनेको खुलासा पनि गरिएको छ । नक्कली नोटको कागज, मसीको अध्ययनबाट त्यस्ता नोट पाकिस्तानमा बनेको पुष्टि भएको पनि जनाइएको छ ।
अध्ययनका क्रममा प्रति दश लाख नोटमा दुई सय ५० नोट नक्कली पाइएको पनि खुलासा गरिएको छ । बजारमा १०० र ५०० दरको नक्कली नोट बढीमात्रामा पाइएको पनि जनाइएको छ ।
आम रुपमा नक्कली र असली नोटबीच १२ भिन्नता रहने गरेको अधिकारीहरुको भनाई छ । नक्कली नोटको छपाई एउटै कागजमा हुने गरेको तर असली नोट दुई अलग कागजमा छापेर त्यसलाई बीचमा टाँस्ने गरिएको पनि खुलासा गरिएको छ । (एजेन्सी)