बर्षात सँगै सन्धिखर्कका बासिन्दामा त्रसादी बढ्यो, पलटिङ्गको नाममा भत्काईएका ठाउँहरुमा पहिरो र बाढी

शोभाखर पन्थी 



सन्धिखर्क, अर्घाखाँची  । लामो समयको खडेरी पछि बर्षात हुदाँ देशैभरीका कृषकहरु खुसी हुदाँ  सन्धिखर्कका बासिन्दा भने निक्कै भयवित हुन थालेका छन् ।

 




सदरमुकाम सन्धिखर्क र आसपासका क्षेत्रहरुमा जग्गा पलटिङ्गको नाममा भत्काईएका ठाउँहरुमा पहिरो जाने र बाढी आउने भएपछि संन्धिखर्कका बासिन्दा बर्षात हुनसाथ आतंकित हुने गरेका छन्  । यता बर्षभरी भात खाने सन्धिखर्कको खेती योग्य जमिन बन्जरमा परिणत भएको छ । सदरमुकामको  आसपासका क्षेत्रमा रहेको खेती योग्य जमिनमा पलटिङ्ग गरी टुक्राए पछि सयौ रोपनी खेतीयोग्य जमिन बाझै पल्टिएको हो । योसमयमा हरीयोधान हुने यहाँका मलिला फाँटहरु खाली बगरमा परिणत भई दिंदा लाखौंको क्षती हुने गरेको छ । जिल्लाका ठुला ठालुहरुले छोंटो समयमै अकुत रकम कमाउने उदेश्यले अव्यवस्थीत रुपमा सदरकुकाममा घडेरी पलटिङ्ग गर्दा सदरमुकाममा खेती योग्य जमिन भेट्टाउनै मुस्कील पर्न थालेको छ । 

 



 

जग्गा व्यवसायीहरुले सन्धिखर्ककका खेतीयोग्य फाटहरुमा पलटिङ्ग गरेर साना साना टुक्रापारी घडेरी विक्री गर्दा सयौं रोपनी खेती योग्य जमिन बन्जरमा परिणत मात्र भएन दिन दिनै घडेरी सम्याउने नाममा बजारको वीचमा संचालन गरिने भ्याकु, स्काभेटर, डोजर लगायतका भारी उपकरणका कारण जग्गा जमिनको भू-बनोट खलबलाउने कामभएको स्थानीय वासीन्दाको गुनासो छ । 

 



तस्बिर: panoramio बाट

 

जग्गा व्यवसायी र कतिपय व्यक्तिहरुले व्यक्तिगत लाभका लागि सार्वजनिक जग्गा , खोला तथा खोल्सीहरु लाई सडक बनाएर आफ्नो नीजि जग्गालाइ मोटो रकम असुलेर घडेरीका रुपमा विक्रि गर्दै आएका  छन् । कतिपय व्यक्तिहरुले त सार्वजनिक जग्गा विक्रि गर्ने तथा घर बनाउने समेत गरेको स्थानीय बासिन्दाको आरोप छ । 

 



 

चुत्रावेसी र सन्धिखर्कको वीचमा बग्ने वाँगी खोला, भद्रिखोला र घोंचेखोला अतिक्रमण गर्ने काम तिव्र गतिमा भएको छ । वगिरहेको खोलामा व्यक्तिहरुले तार जाली लगाएर घडेरी बनाउने काम गरेका छन् । खोलाको किनारामा रहेको दर्जनौ घरहरु सार्वजनिक जग्गामा निर्माण गरिएको स्थानीयको आरोप छ । वर्षातको समयमा बगर, ढाकेर वग्ने बागी खोलालाई अहिले ४-६ मिटरमा मात्र सिमित गरेर कुलाको रुपमा परिणत गरिएको छ ।  सदरमुकामको आसपासमा रहेका भिराला पाखाहरु भत्काउने र  बागी खोलालाई अतिक्रमण गरेर सिमित ठाउँमा कैद गर्ने काम भएको छ । जग्गा व्यवसायीहरु र व्यक्तिले जती नै सुकै जग्गा हडपे पनि  यसतर्फ  कुनै पनि निकायको चासो नपुगेको स्थानीय बासीनदाको गुनासो छ ।

 



 

सन्धिखर्कमा सुरु देखि वासोवास गर्दै आएका बुढापाकाहरु बाँगीखोला कम्तीमा पनि ३० देखि ४० मिटरको चौडाइमा वग्ने गरेको वताउछन् । जिल्लाका समाजसेवी र वुभ्रmुक भन्नेहरुले ४० मिटर क्षेत्रमा वग्ने खोलालाई ४-६ मिटरमा मात्र सिमित गरी पानी वग्ने ठाउँमा वाल लगाएर मेरो आ

अन्य समाचारहरु