बंगलादेशमा ब्लगर हत्याको विरोधमा ब्यापक प्रदर्शन

बंगलादेशमा ब्लगर हत्याको विरोधमा ब्यापक प्रदर्शन भएको छ ।
राजधानी ढाकालगायतका विभिन्न शहर केन्द्रीत प्रदर्शनमा ब्लगरहरुका साथै सर्वसाधारणको बाक्लो उपस्थिति रहेको छ ।
शान्तिपूर्ण आन्दोलनमा सहभागीहरुले ब्लगर हत्या बन्द गरी हत्यारालाई कडा कारबाही गर्न माग गरेका छन् ।
गत शुक्रबार बंगलादेशी ब्लगर निलोय नीलको हत्या भएपछि बंगलादेशमा लगातार प्रदर्शन भइरहेको छ ।
सात महिनायता बंगलादेशको ढाकामै मारिने निलोय नील चौथो ब्लगर हुन् ।
धार्मिक स्वतन्त्रताबारे आवाज बुलन्द पार्ने सामाजिक सञ्जाल तथा ब्लगको सहायता लिएको आरोपमा ब्लगरहरुको हत्या हुने गरेको छ ।
यता बंगलालेश सरकारले भने हत्याका बारेमा कुनै प्रतिक्रिया दिएको छैन । प्रदर्शनकारीहरुले भने हत्यारालाई तत्काल पक्राउ गरी कारबाही नगरे शान्तिपूर्ण आन्दोलनका स्वरुप परिवर्तन हुने चेतावनी दिएका छन् । (एजेन्सी)