अर्घाखाँचीको सन्धिखर्कमा भूकम्पले चर्किएको
घर गएराती भत्किँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।
सन्धिखर्क नगरपालिका वडा न. ५ वाङ्ला खरीपाटामा रहेको रामप्रसाद खत्रीको घर भत्किँदा त्यही घरमा बस्दै आएका प्युठान जिल्ला अर्खा गाविस २ का प्रशान्त थापाको छोरा ९ बर्षिय तिलक थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक युबराज तिमिल्सिनाले बताउनु भयो ।
घर भत्कँदा तिलककी आमा र ६ वर्षीय भाइ घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ । प्युठान घर भएका प्रशान्तको परिवार मजदुरीको सिलसिलामा अर्घाखाँचीमा बस्दै आएको थियो ।
उनका बाबु कामको सिलसिलामा घर बाहिर रहेका र दिदी पनि घरमा नभएकोले उनीहरु बाँचेका जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।
शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची । भुकम्पले चर्किएको घर भत्कदा अर्घाखाँचीमा एक जना बालकको ज्यान गएको छ ।
जिल्लाको सन्धिखर्क नगरपािलका – ५ खरीपाटामा गएराती टिनले छाएको २ तले पक्कि घर भत्किदा घरभाडामा बस्ने प्युठान अर्खाका ९ बर्षिय बालक तिलक थापाको मृत्यु भएको हो ।
गत बैसाख १२ र २९ गते आएको भुकम्पले चर्किएको राम प्रसाद खत्रीको घर भत्कदा घरभाडामा बस्दै आएका प्युठानका प्रशान्त थापाका छोराको घटनास्थलमानै ज्यान गएको थियो ।
घट्नामा थापाकी श्रीमती शुभद्रा थापा , ६ बर्षका छोरा सुमन थापा र २ बर्षकी छोरी कृष्णा थापा घाईते हुनु भएको छ । घाईतेहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ ।
अर्घाखाँचीमा हालसम्म पनि भू-कम्पले चर्किएका घरमा बस्ने हरुको उचीत व्यवस्थापन हुन नसक्दा मानिसहरु उच्च जोखिम मोलेर घरहरुमा बस्दै आएका छन् ।