अमेरिकाको टेक्सस स्थित एक घरबाट प्रहरीले आठ वटा शव बरामद गरेको छ ।
टेक्सको हुस्टनमा रहेको एक घरमा प्रहरीले छापा मार्ने क्रममा प्रवेश गरेकै बेला सुरक्षाकर्मीमाथि गोली प्रहार भएपछी घटना उजागर भएको हो ।
डेविड कोनली नामका ब्यक्तिले आफनो घर प्रवेश गरेका सुरक्षाकर्मीमाथि गोली प्रहार गरेपछी उनी पक्राउ परेका थिए ।
छापा मार्ने क्रममा सुरक्षाकर्मीले उनको घरबाट पाँच बालबालिक सहित तीन जना वयस्कको शव बरामद गरेको छ ।
मारिएका ब्यक्ति डेबिडका परिवारका सदस्य हुन् वा होइन्न भन्ने बारे कुनै तथ्य नखुलेको प्रहरीले जनाएको छ ।
डेविड गत महिना आफना परिवारका सदश्यमाथि गोली प्रहार गर्ने क्रममा पक्राउ परि जमानतमा छुटेको ब्यक्ति भएको बताइएको छ । घटनाबारे अनुसन्धान जारी छ । (एजेन्सी)