शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिकालाई पर्यटकीय नगरको रुपमा विकास गर्नुपर्ने भन्दै स्थानीय बासिन्दाले सरकारको ध्यानाकर्षण गराएका छन् । नगरपालिकाको बार्षिक समिक्षा गोष्ठीका सहभागिहरुले ऐतिहाँसिक ,धार्मिक तथा प्राकृतिक सौन्दर्यले पूर्ण सन्धिखर्क लाई पर्यटन क्षेत्रको रुपमा घोषणा गरेर अगाडी बढ्न सरकार संग आग्रह गरे ।
चौवीसे राज्य अर्घा र खाँचीका ऐतिहासिक दरवार ,सुपा देउराली मन्दिर ,जङ्ग बहादुर राणको जन्मस्थल मथुरा पार्टी ,गोपेश्वर पिठ मथुरा ,सिद्धेश्वर मन्दिर चुत्रावेशी , नर्तनाञ्चल पर्वत नरपानी , शान्ती बगैचा सन्धिखर्क , शिद्धेश्वर गुफा डिर्भना लगायतका ऐतिहासिक पुरातात्विक धार्मिक तथा प्राकृतिक मनोरम दृश्यले भरपुर क्षेत्रको उचित संरक्षण र प्रचार प्रसार गर्न सकेमा देशी तथा विदेशी पर्यटकहरु भित्राई मनग्य आम्दानी गर्न सकिने सहभागिहरुको निश्कर्ष थियो ।
सन्धिखर्क सभागृहको सभाहलमा खचाखच भरिएका स्थानीय बासिन्दाले सन्धिखर्कलाई पुर्वाधार विनानै नगरपालिका घोषणा गरिएका कारण नगर ठुलो र भद्धा गाउँ जस्तो देखिएको गुनासो गरे । सहभागीहरुले नगरभित्रका सडकको स्तर उन्नतीमा ध्यान पुग्न नसकेको, साउन महिनामा समेत पिउने पानीको लागि हाँ हा कार भएको , फोहरमैलाको उचित व्यवस्थापन हुन नसकेको गुनासो समेत गरेका थिए ।
उनीहरुले नगर भित्रका जग्गा अतिक्रमण भएको, खोला खोल्सा र सार्वजानिक जग्गामा घर बन्दा समेत कुनै निकायले ध्यान दिन नसकेको , अ-व्यवस्थितरुपमा जग्गा पलटिङ्ग हुने गरेको समेत गुनासो पोखे । स्थानीय बासिन्दाहरुले प्रत्येक वार्डहरुमा वडा कार्यालय संचालन गरिनुपर्ने , सडक वत्तिको व्यवस्था मिलाउनु पर्ने ,टोल सुधार समिति लाई अधिकार सम्पन्न बनाउनु पर्ने लगायतका माग समेत राखेका थिए ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जनचाहना अनुसार सवैपक्ष एकजुट भई विकासमा जुट्नुपर्ने बताउनु भयो । उहाँले सवैको सकरात्मक सहयोग भए सन्धिखर्क लाई उत्कृष्ट नगरपालिका बनाउन सकिने दावी समेत गर्नु भयो । जिल्ला स्थित राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरुले जिल्लाको पहिलो एकमात्र नगरको विकास र सम्वृद्धिको निम्ती आफुहरु एकजुट भएर अगाडी बढ्ने बताएका थिए । यसरी मन्तव्य राख्नेहरुमा नेपाली कांग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल ,नेकपा एमालेका जिल्ला उपसचिव प्रेम नारायण गैरे , एकिकृत नेकपा माओवादीका पुर्व केन्द्रिय सदस्य यमुना भुसाल,राष्ट्रिय जनमोर्चाका पश्चिमाञ्चल क्षेत्रीय उपाध्यक्ष शेर बहादुर बि.सी ., नेकपा-माओवादीका केन्द्रिय सदस्य पिताम्वर आचार्य , राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नः २ का अध्यक्ष शंसोदिन मिया , राष्ट्रिय जनमुक्ति पार्टीका नेता टोप बहादुर वलाल लगायत हुनुहुन्थ्यो ।
कार्यक्रममा गत आ.व ०७१-०७२ मा नगरपालिकाले गरेको आम्दानी ९ करोड ७० लाख ३१ हजार ८ सय १२ रुपैया र खर्च ८ करोड ८२ लाख ७९ हजार ४ सय ७१ को विवरण नगरपालिकाका कार्यकारी प्रमुख रामजी जोशीले प्रस्तुत गर्नुभएको थियो । नगरबाट संचालित ५७ योजना मध्ये ३ वता योजनाको काम सम्पन्न नभएका कारण बजेट फ्रिज गर्नुपरेको गुनासो गर्दै ,आगामी दिनमा वजेट फ्रिज हुन नदिने विश्वास दिलाउनु भयो । उहाले खुल्ला दिसामुक्त ,पुर्णखोप युक्त ,पुर्णसाक्षर नगर घोषणाले सचेतना अभिवृद्धि गरेको भन्दै एक घर एक विरुवा ,सरसफाई अभियान संचालन ,सहभागिता मुलक योजना तर्जुमा पद्धति अवलम्वन,दमकल संचालन लगायतका काम बाट नगर बासिमा उत्साह जागेको बताउनु भयो ।
कार्यक्रममा नगरपालिकाका सव ईन्जिनियर नारायण पोख्रेल लगायतले मन्तव्य राख्नु भएको थियो ।
जानकारी: कृपया यहाँ राखेका कुनै पनि समाचार अनुमती बिना पुन: प्रकासित गर्न मनाही छ।