उत्तर कोरियाका शासक किमको आदेशमा उपप्रधानमन्त्रीलाई मृत्युदन्ड

 उत्तर कोरियाका शासक किम जोङ उनको आदेशमा त्यहाँका  उपप्रधानमन्त्री चोइ योङ गोनको हत्या गरिएको  भन्ने रिपोर्टको अनुगमन गरिरहेको दक्षिण कोरियाले जनाएको छ ।
उत्तर कोरियाली उपप्रधानमन्त्री चोइको गत मे महिनामा  हत्या  गरिएको बताइएको छ । दक्षिण कोरियाको गुप्तचर निकायले गत मे मा चोइलाई  एन्टी एअरक्राफ्ट मिसाइल फायर गरी हत्या गरिएको दाबी गरेको छ ।
दक्षिण कोरियाली सरकारी समाचार एजेन्सी योनहापले उत्तर कोरियाली शासक किमको विदेश नीतिप्रति असहमत भएको निहुँमा चोइलाई मृत्युदन्ड दिइएको उल्लेख गरेको छ ।
चोइ अन्तिमपटक गत डिसेम्बरमा सार्वजनिक रुपमा देखिएको दक्षिण कोरियाको एकीकरण मन्त्रालयले जनाएको छ । उनी दक्षिण कोरियासँगको सन् २००० को मध्यतिर भएको वार्तामा सहभागी थिए भने गत वर्षको जुनमा उपप्रधानमन्त्री नियुक्त भएका थिए ।
किमको शासनकालमा अहिलेसम्म ७० जना अधिकारीहरुको हत्या भैसकेको योनहापको दाबी छ । तर, अन्य अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले भने यसको स्वतन्त्र पुष्टि गर्न सकेका छैनन् । एजेन्सी