नविन के.सी
सन्धिखर्क, अर्घाखाँची । १५ औं अन्तराष्ट्रिय युवा दिवस । अर्घाखाँचीमा पनि जिल्ला विकास समिति र यु.एन.एफ.पि.ए को सहयोग तथा जिल्ला यूवा सञ्जाल र त्रिशक्ति यूवा क्लबको आयोजनामा आज अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका अन्तर्गत वडा नं. १४ र १५ को डिभर्नामा बिभिन्न कार्यक्रम गरी मनाईएको छ ।
सन्धिखर्क नगरपालिकाको डिभर्नामा ।
पुनर्निर्माणमा यूवाहरुको सार्थक सहभागीता भन्ने मुल नाराका साथ १५ औं अन्तर्राष्ट्रिय यूवा दिवस भव्य रुपमा सम्पन्न भएको हो । विजय उच्च माध्यामिक विद्यालय देखि ज्ञानप्रकाश माध्यामिक विद्यालय सल्लीकोट सम्म पञ्चेबाजाका साथ बजार परिक्रमा गरी ज्ञानप्रकाश माध्यामिक विद्यालयको प्रांगणमा पुगी कोण सभामा परिणत भएको थियो । कार्यक्रममा विद्यार्थी, गा.वि.स.स्तरीय युवा सञ्जाल, महिला समुह, नागरिक समाज, पत्रकार, शिक्षक, बुद्धिजीवि तथा विभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधि र उनका यूवा भातृसंगठनका यूवाव्यक्तिहरु गरी झण्डै ५०० जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति हरिशचन्द्र भुसालले विदेश हैन स्वदेश मै, यूवाहरुलाई स्वरोजगार हुने तथा देश निर्माणको कार्यमा लगाउने जिम्मेवारी अव युवाहरुको काधमा आएको बताउनु भएको थियो । साथै उहाँले यूवाहरु पनि सकारात्मक तथा व्यवसायिक सोचका साथ अगाडी बढ्न सकेमा १५ औं अन्तर्राष्ट्रिय यूवा दिवसको नाराले सार्थकता पाउने पनि बताउनु भएको हो ।
उक्त कार्यक्रममा यु.एन.एफ.पी.ए. जिल्ला प्रतिनिधि कर्णबहादुर नेपाली, नेपाली काँग्रेसका गाउँ कार्यसमितिका सभापति रामबहादुर बस्याल, ने.क.पा.एमालेका प्रतिनिधि टिकाराम बस्याल, ने.क.पा. एमाओवादी प्रतिनिधि छन्दबहादुर क्षेत्री लगायत समेत कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै मन्तव्य दिनु भएको थियो । सो कार्यक्रममा आकार नृत्य तथा म्युजिक सेन्टरका मदन नेपाली लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रमको समापन सत्रमा कार्यक्रमका अध्यक्ष तथा जिल्ला यूवा सञ्जालका उपाध्यक्ष जयगोपाल श्रेष्ठले १५ औं अन्तर्राष्ट्रिय यूवा दिवस, समावेशी, अन्तरक्रियात्मक तथा प्रेरणात्मक भएको बताउनु भएको हो । कार्यक्रम संचालन जिल्ला यूवा सञ्जालका सचिव मधुकुमार श्रेष्ठले गर्नुभएको थियो ।