अर्घाखाँचीमा बादर आतंकले स्थानिय बासिन्दा तनाबमा, दैनिकी बादर धपाउदैमा सिमित

नविन के.सी 



सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नरपालिका वाड न १ बरारुख, रिपाह भन्ने टोलमा बादरले निकै दुख दिईयको स्थानियले गुनासो गर्न थालेका छन । जिल्लाको सदरमुकाममानै बादरले यसरी सास्ती दिए पछि स्थानीय बासिन्दा हरु दिनभरै आफनो बाली तथा घर कुर्नु पर्दा अरु काम समेत गर्न नसकिएको स्थानिय बासी रेमलाल आचार्यले बताउनु भएको छ । 

 



किमडाँडामा मकै खान लागेको बाँदरलाई यही साउन २३ गते शनिबार स्थानियले हानेर मारे पछि झुन्डाएर राखेको अवस्थामा ।

 

यतिवेला बराहरुख रिपाहका स्थानीयको दैनिकी बादरले दु:ख दिदा बादर धपाउदैमा सिमित रहेको छ । दैनिक रुपमा बादर धपाउनु पर्दा बालबालिका बिद्यालय जानबाट समेत बञ्चित हुन परेको छ । बादर धपाउन को लागि घर बस्नु पर्दा आफुले परीक्षा समेत दिन नपाएको एक बिद्यार्थी सम्भना श्रेष्ठले बताएकी छिन । बादरको कारण आफनो भबिष्य समेत बिग्रको उनले गुनासो  समेत गरेकी छन । घरमा बुढा बुडी र बालबालिका मात्र हुँदा बच्चा बच्नीनै बोकेर पानीमा रुझ्दै भिझदै दिनभर  भोक भोकै बादर धपाउन परेको स्थानिय महिला ललिता भटराईले बताउनु भयो । 



बादरको कारण एउटा टोल र अर्का टोलका मानिसहरु एक ठाउबाट अर्को ठाउमा बादर धपाउदा वेला-वेलामा झगडा गर्ने गरेको पाईएको छ । यस्तो सास्ती हुँदा के गने के नगने भन्ने बिषय मा आफुहरु लाई सोच्न निकै कठिन भएको स्थानिय युवा सुर्य भटराईले बताएको त्यहाँबाट हाम्रा  सहकर्मी सन्तोस भुसालले बताउनु भएको छ । बादरले पछिल्लो समय सन्धिखर्क नगरपालिका भित्रैका डिभर्ना, अर्घा, वाङ्गला, किमडाँडा, खाँचीकोट, नरपानी लगायतका स्थानमा पनि सताउने गरेको छ । बादरकै कारण पछिल्लो समय खेतियोग्य जमिन बाँझो राख्न बाध्य भएको किसानहले गुनासो गर्न थालेका छन । बाँदरलाई धपाई कृर्षहरुका समस्या समाधान गर्न कृर्षकहरुले बेलावेलामा सम्बन्धित निकाएलाई आग्रह गर्दा पनि कुनै पहल नहुँदा किसानहरु चिन्तित भएका छन ।

अन्य समाचारहरु