घनश्याम पौडेल
सन्धिखर्क, अर्घाखाँची । घरायसी खाधान्न उत्पादन सम्वन्धी जिल्ला स्तरिय प्रशिक्षक प्रशिक्षण तालिम अर्घाखाँचीको सन्धिखर्कमा आज देखि सुरु भएको छ ।
वर्षे भरी हरिया र सुन्तला रङका तरकारी र फलफुल उव्जाऔ, आफु खाऔ र वच्चालाई पनि खुवाऔ भन्ने उद्देश्यले ६ दिने तालिम सुरु गरिएको छ । कार्यक्रममा वोल्दै जिल्ला पशुसेवा कार्यालयका डा. रामनारायण मण्डलले आफुले सिकेको कुरालाई गाउँमा लगी अरुलाई पनि केही सिकाउने उद्देश्यले तालिम लिनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा जिल्ला पशुसेवा कार्यालयका डा. रामनारायण मण्डलको अध्यक्षता, प्रमुख अतिथीहरुमा निमित जिल्ला विकास समितीका हरिसचन्द्र भुसाल, जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत लिलाराम गौतम, निमित जिल्ला कृषि विकास कार्यालयका वुद्धिराम भट्टराई लगाएतको उपिस्थ्तिी रहेको थियो ।
कार्यक्रममा जिल्ला सुआहारा कार्यक्रमका संयोजक दिबस ढकाल, पोषण अधिकृत मिलन लोप्चन, लुम्विनी सामाजिक बिकास केन्द्रका फोकल प्रर्शन कृष्ण प्रसाद पौडेल, फिल्ड संयोजक हेमन्त वस्नेत, लेखा अधिकृत विश्वबन्धु घिमीरे लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा मोती श्र्रेष्ठ र लक्की पौडेलले प्रशिक्षक दिने कार्यक्रममा लुम्विनी सामाजिक बिकास केन्द्रका फिल्ड सुपरभाईजर, पशुसेवा कार्यालय, कृषि विकास कार्यालयका व्यक्तीहरु गरि २५ जना प्रशिक्षण हरु तालिममा सहभागी भएका छन, भने कार्यक्रमको संचालन सरसफाई अधिकृत सृजना पन्थीले गनुभएको थियो ।