आइएसका नेताले अमेरिकी बन्धक महिला माथि बारम्बार बलात्कार गरेको आरोप

US hostage raped by top IS leader before death
AP
अतिवादी इस्लामिक संगठन आइएसका नेता अबु बकर अल बगदादीमाथि एक अमेरिकी सहायताकर्मीमाथि बारम्बार बलात्कार गरेको आरोप लागेको छ ।
सिरियामा यसै वर्षको फेब्रुअरीमा मारिएकी अमेरिकी सहायताकर्मीमाथि यौन उत्पीडन भएको आरोप अमेरिकी अधिकारीहरुले लगाएका हुन् । २६ वर्षीया कायला म्यूलरलाई आइएस नेता अबु बकरले बारम्बार बलात्कार गरेको दाबी ती अधिकारीले गरेका छन् ।
अधिकारीहरुले जुन महिनामै यसबारेमा म्यूलरको परिवारलाई जानकारी गराएका थिए । म्यूलरको सन् २०१३ मा सिरियाबाट अपहरण गरिएको थियो ।
आइएसले भने म्यूलर जोर्डनको हवाई आक्रमणमा मारिएको जनाएको थियो । (एजेन्सी)