वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । यहाँका आठ गाविसलाई धुवाँ रहित घोषणा गरिएको छ । सबैका घरमा सुधारिएको चुलो निर्माण भएका छन । जिल्लाको किमडाँडा, खिदिम, खिल्जी, खनदह, असुरकोट, नुवाकोट, हंसपुर र गोखुंगा गाविस धुवाँ रहित भएका छन ।
घरभित्रको धुवाँ प्रदुषणबाट मुक्ती भएपछि गाउँलेको स्वास्थ्यमा सुधार आएको छ । ८ गाविसका दस हजार घरमा चुलो निर्माण भएको जिविस अन्तरगतको वैकल्पिक उर्जा प्रवद्धन केन्द्र वायोमास उर्जा सहयोग कार्यक्रमका संयोजक सुर्य केसीले बताए । मंसिरसम्म दस गाविस धुवाँ रहित घोषणा गर्न घरमा चुलो निर्माण कार्य धमाधम भैरहेको बताए । आधुनिक चुलोले घरभित्र धुवाँ छैन । दाउरा कम लाग्ने, स्वास्थ्यमा फाईदा पुग्ने, वातावरणमा असर कम गर्ने चुलोमा खाना पकाउनुपर्नेमा उनले जोड दिए । लैंगिक समानतामा सुधार, दाउराको खपत र स्थानीय स्रोत साधनबाटै सुधारिएको चुलो बनाउन अग्रसरता गराईएको केसीले बताए ।
दलका नेता, कर्मचारी, सञ्चारकर्मी सहित विभिन्न टोल समुह र गाविसबाट पंञ्चेवाजा गाजा झाकीसहितको जुलुसले गाउ परिक्रम गरेर धुवाँ रहित गाविस घोषणा गरिदै आएको छ । घरभित्रको धुवाँ मुक्तले सबैभन्दा धेरै महिला खुसी छन । उनीहरुको स्वास्थ्यमा सुधार आएको छ । असुरकोटकी राधा बेल्वासेले अहिले छाती दुख्न छाडेको एक वर्ष भएको बताईन । सधैजसो छाती दुखिरहने, खोकी आईरहने, टाउको दुख्ने वर्षौ देखीको समस्या अहिले छैन । खाना पकाउदा निस्कने धुवाले उनी विरामी भैरहेको उनले विगत सम्झिन । रोगी मान्छे निरोगी जस्तै महासुस भएको उनले बताईन । औषधि खादा हैरान । आधुनिक चुलोमा खाना पकाउदा घरभित्र धुवा निस्कन छाडेपछि खाना पकाउने गृहणी मात्रै होईन घरभित्र बस्ने अन्य परिवार पनि विरामी पर्न छाडेको छन ।
खाना पकाउदा घरभित्र धुवाँ फैलिनबाट मुक्त भएपछि गाउँले हर्षित छन । चुलोबाट निस्कने जथाभावी धुवाँ नियन्त्रणले रोगबाट बच्च पाएकोमा गाउँका गृहणीमा खुसीयाली छाएको छ । धुवाका कारण दम, क्यान्सर जस्ता डरलाग्दो रोग लागेर अकालमै ज्यान गुमाउनबाट जोगिएकोमा गाउँले खुसी छन । पुरानो चुलोमा दैनिक खाना पकाउदा घरभित्र भरी धुवा फैलिन्थ्यो, धेरै रोगी हुन्थ्यो, बेल्वासेले भनिन, अब त्यस्तो छैन जथाभावी फैलिने धुवा नियन्त्रण भएको छ । त्यसो त हिमबहादुर घर्तीले मासिक एक देखी पन्ध्र सय रुपैयाको औषधी खान्थे । चुरोट खान पनि छाडेका छन । खाना पकाउदा धुवा बाहिर जान छाडेपनि औषधि नै खान छाडेको उनले बताए ।
परम्परगत चुलोमा खाना पकाउदा धुवाँले गर्दा छाती, टाउको दुख्ने, खाना मन नलग्ने जस्ता विरामी पटक पटक भएपछि धुवाँले भित्र छाती, फोक्सो र घाटीमा असर गर्दा क्यान्सर, टीभी दम जस्ता रोग लागेर धेरैले अकालमै ज्यान गुमाउनु पर्ने हटेको स्थानीय राजेन्द्र कुमार शर्माले बताए । धेरैजसो घरमा गृहणीले खाना पकाउने चलन छ । खाना पकाउदा जथाभावी धुवा फैलिने धुवाँले ३५-४० वर्षमै विरामी भई रोग लागी अकालमै मृत्यु हुनबाट बच्न पाएकोमा गर्व लागेको हंसपुरकी अनित खनालले बताईन ।
सबैका घरमा शौचालय छ । घरवरपर सफासुग्गर छ । घरमा धुवा नभएपछि वालवालिकाले राम्ररी पढन पाएका छन । दाउरा कम लागेपछि वन जंगल मासिनबाट जोगिने, बचेको सयम अन्य कामम लगाउन सकिने, वातारणमा असर नपर्ने, निरोगी र सुखी परिवार हुने लगायतका फाईदा पुग्ने भन्दै सुधारिएको चुलोलाई संरक्षण गरी सदुपयोग गर्न समुदाय लागि परेका छन ।