प्रभु बैंकद्धारा सन्धिखर्कमा नयाँ शाखा संचालन

 सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डट्कम)।  प्रभु बैंकले अर्घाखाँची जिल्लाको सन्धिखर्कमा आइतवारदेखि आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ। 

 


तस्बिर: सुर्य भुसालबाट

 

शाखाको उद्घाटन तथा सुभारम्भ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पानसमा बत्ति बालेर गरेका थिए । व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा बैंकका संचालक पुष्पबहादुर प्रधानले शाखा सुरु गरेका हुन् ।

 


                             तस्बिर: अम्बिका श्रेष्ठबाट

 

बैंकले मर्जरको क्रममा दोहोरिन गएको घोराई दाङको शाखालाई स्थानान्तरण गरी सञ्चालनमा ल्याएको जानकारी गराएको छ। 

 



तस्बिर: अम्बिका श्रेष्ठबाट

 

सो अवसरमा नयाँ बैंक शाखाबाट आफनो आवश्यकता अनुसारका बैंकिंङ्क सेवा तथा सुविधाहरु प्राप्त गरि आफ्नो व्यवसाय प्रर्वद्धनमा विशेष फाइदा लिनसक्ने बताइएको थियो । 

 

 

तस्बिर: अम्बिका श्रेष्ठबाट

 

सन्धिखर्क शाखाको स्थापनासँगै ग्राहकहरुले सरल, सहज र सुलभरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ।

 


तस्बिर: अम्बिका श्रेष्ठबाट

 

अन्य समाचारहरु