अर्घाखाँचीमा बन्द शान्तीपुर्ण

कृष्ण परियार



सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीमा मोहन वैद्य नेतृत्वको नेकपा माओवादी सहित ३३ दलले आवाह्वान गरेको  बन्दको पहिलो दिन शान्तीपुर्ण रहेको छ । 

 



तस्बिर: सुर्य भुसालबाट

 

बन्दको क्रममा कुनैपनि अप्रिय घटना नभएको र शान्तीपुर्ण रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । बन्द भएसंगै दिनभर अर्घाखाँचीमा फाट्ट फुट्ट रुपमा पसलहरु खुलेका थिए ।  



एम्बुलेन्स, प्रेस र अत्यावश्यक सवारी साधनहरु चलेपनि लामोदुरीका गाडीहरु भने संचालनमा आउन सकेनन । बन्दले गर्दा यात्रामा निस्केका यात्रुहरु दिनभर अलपत्र परेका थिए । 

अन्य समाचारहरु