गाँउ-गाँउमा अर्घाखाँची रेडियोको लोकप्रियता बढ्दो, रेडियोको स्वामित्व हस्तान्तरण

कृष्ण परियार



सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा समुदायका लागी संचार र विकासद्धारा संचालित सामुदायिक रेडियो अर्घाखाँचीको आज एक कार्यक्रमका बिच स्वामित्व हस्तान्तरण गरिएको छ । 

 


 

विगत १० बर्ष अगाडी विकास बहस र संचारको बाहक नारा सहित संचालनमा आएको रेडियोले समाज रुपान्तरणको पक्षमा काम गर्दै आएको छ । रेडियोले विभिन्न समाचारमुलक ,शिक्षामुलक ,सन्देशमुलक र मोरञ्जनात्मक कार्यक्रमहरु संचालन गर्दै स्रोताहरुको मन मनमा बस्न सफल भएको छ । 

 



 

जिल्लामा संचारको पहुँच नभएको समयमा समाजको कुना कुनामा सुचना संचार प्रवाह गर्दै मनोरञ्जनको पहुँचमा जिल्लावासीलाई पु-याउनको लागी रेडियोको स्थापना गरिएको थियो ।  जिल्लामा क्रियाशिल राजनितिक दलका नेतृत्व वर्ग र संचारको क्षेत्रमा आस्था राख्ने सामाजिक व्यक्तिहरुको लगानीमा स्थापना गरिएको रेडियोले अहिले सम्म समाजिक रुपान्तरणमा निष्पक्ष रुपमा काम गर्दै आएको छ । सवैको पहुँचमा पुग्नलाई सजिलो र सस्तो माध्यम भएकाले पनि गाँउ गाँउमा रेडियोको लोकप्रियता बढ्दै गएको कार्यक्रममा बोल्ने बक्ताहरुले बताउनु भएको छ ।

 



तस्बिर: सुर्य भुसालबाट

 

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सामुदायिक रेडियोको प्राण भनेको स्थानियता भएकोले स्थानिय समाजलाई उन्नती गराउने तर्फ ध्यान केन्द्रित गराउनु पर्नेमा जोड दिनुभएको थियो । राष्ट्रको अन्य अङ्ग कार्यपालिका , न्यायपालिका र व्यवस्थापिका जस्तै चौथो अङ्ग सञ्चार भएकाले सम्पुर्ण पत्रकारहरु सचेत भएर सत्य र तथ्यमा आधारित समाचार मात्र संप्रेषण गर्नुपर्ने बताउनु भयो । 

 



 

कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल ,नेकपा एमालेका सचिव राम बहादुर चौहान ,एनेकपा मोओवादीका नेतृ यमुना भुसाल ,नेकपा मसालका जिल्ला प्रवक्ता थम्मन के.सी ,राप्रपाका देवि बहादुर खड्का लगायतले मन्तव्य राख्दै निष्पक्ष रुपमा समाचार संप्रेषण गर्नु पर्नेमा जोड दिनु भएको थियो । 

 


 

कार्यक्रमा रेडियोका नि-वर्तमान अध्यक्ष विष्णु खनाल मुस्कानले जिल्लालाई संचारको पहुँचमा पु-याउन र दवियका आवाजहरुलाई बुलन्द बनाउनको लागी रेडियोको स्थापना गरिएको बताउनु भएको थियो । खनालले रेडियोलाई यो अवस्था सम्म ल्याउनको लागी सहयोग पु-याउनु हुने सम्पुर्ण र शेयर धनिहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । 

 



 

विष्णु खनाल मुस्कानको अध्यक्षता , जनार्दन खनालको स्वागत मन्तव्य र शोभाखर पन्थीको संचालनमा संपन्न कार्यक्रमले चन्द्र बन्जाडे अध्यक्ष रहेको नयाँ कार्यसमितिलाई स्वामित्व हस्तान्तरण गरेको छ । नयाँ समितिको उपाध्यक्षमा कमला पोख्रेल , सचिवमा श्याम प्रसाद घिमिरे ,कोषाध्यक्षमा जिवनारायण खनाल रहनु भएको छ । 

 

अन्य समाचारहरु